• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
  • 06:04:21
  • ON AIR Nepal Khabar
  • UP NEXTLok Chautari

हाम्रो बारेमा

तनहुँ मिडिया नेटवर्क प्रा.लि.द्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेघाहर्जले वि.स. २०७३ साल असोज १५ गते परिक्षण प्रसारण शुभारम्भ गरेको हो । पोखरा महानगरपालिकाको छिमेकी नगरपालिका शुक्लागण्डकी नगरपालिका वडा नं. ४, दुलेगौडा, विपिचोकमा  स्थापित एफ.एम. नयाँ र फरक सोचका साथ स्थापना भएको हो । तसर्थ स्थापनाको छोटो समयमै स्रोता, विज्ञापनदाता, शुभेच्छुकहरुले अपार माया दर्शाउनुभएको हामीलाई अनुभूति भएको छ । 


शुक्लागण्डकी नगर क्षेत्र, लेखनाथ र पोखराका प्रतिष्ठित ब्यवसायीहरुको लगानी रहेको यस रेडियो दैनिक १८ घण्टा (विहान ५ः०० देखि राति ११ बजे सम्म) प्रसारण हुदै आएको छ । ५०० वाट क्षमताको यस रेडियोमा पछिल्ला प्राविधिको प्रसारण सामग्री प्रयोग गरिएको छ । शुक्लागण्डकी नगरपालिका वडा नं. ४, दुलेगौडा बजारमा स्टेसन रहेको यस एफएम तनहुँ, कास्की, स्याङ्जा, पाल्पा, नवलपरासी, लमजुङ, गोरखा लगायतका जिल्लामा सुन्न सकिन्छ । 


रेडियोमा समाचार,  जानकारीमुलक विविध सांगीतीक कार्यक्रम र सामाजिक उत्तरदायित्व बहन गर्न विभिन्न संघ सस्थासँग सहकार्य गर्दै वातावरण संरक्षण, पर्यटन प्रर्वद्धन, शिक्षा, विज्ञान प्रविधिसँग सम्बन्धीत कार्यक्रम, कृषि, सहकारी बैकिङ, महिला अधिकार, समसामयीक विषयबस्तुहरुमा आधारित रहि जनचासो र सरोकारका विषयहरुलाई समेट्दै  कार्यक्रम उत्पादन गर्दै आएका छौं ।

साथै स्रोता र रेडियोको सम्बन्ध नजिक बनाउनको लागि सामाजिक सञ्जाल, टेलिफोन, एसएमएस र स्थलगत रुपमै उहाँहरुको आवाजलाई रेडियोमा समावेश गर्दै आएका छौं ।