• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
  • 12:01:02
  • ON AIR
  • UP NEXTBhakti Darshan

पुस्कल शर्माकोे तीज गीत हिरो ट्रेन्डिङमा, भिडियो हेर्नुहोस् 

दुलेगौडा, साउन २२ ।  चर्चित लोकदोहोरी गायक पुस्कल शर्माको झ्याउरे तीज गीत हिरो युट्युबको ट्रेन्डिङमा परेको छ । पुस्कल शर्मा र देवी घर्ती मगरको स्वरमा रहेको गीतको सृजना पुस्कलले नै गरेका हुन् । पुस्कल शर्मा युट्युबमार्फत गत शुक्रबार सार्वजनिक गरिएको गीत ट्रेन्डिङ नम्बर ४६ मा रहेको छ ।


समाचार तयार पार्दासम्म २ लाख १६ हजारले हेरेको भिडियोमा अधिकांशले गीत र भिडियो उत्कृष्ट बनेको प्रतिकृया जनाएका छन् । पछिल्लो समय उनका हरेकजसो सिर्जनाले  युट्युब ट्रेन्डिङमा राज गर्ने गरेको छ । शर्माले बजारमा ल्याएका हरेक सिर्जना सर्वाधिक चर्चामा रहने गर्दछ । 

 


काजिश श्रेष्ठद्धारा निर्देशित भिडियोमा हास्य कलाकार यादव देवकोटा (सरापे) र मनिष खड्काको अभिनय छ । नायिका अनु शाह र गायक शर्माले नै कम्मर मर्काएका छन् ।  अजय रेग्मिले खिचेका दृश्यलाइ दिपक बिष्टको सम्पादनमा तयार पारिएको हो ।  
 

प्रतिकृया दिनुहोस