• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
  • 04:44:24
  • ON AIR Your Choice
  • UP NEXTShuklagandaki Samachar

शुक्लागण्डकीको पर्यटन पुर्वाधार निर्माणमा ५४ लाख

शुक्लागण्डकी २ मा रहेको दगाम भुजिकोट

बिनोद ढुंगाना
दुलेगौडा, साउन २३ । पर्यटकिय नगरी पोखरासँगै जोडिएको शुक्लागण्डकी नगरपालिकाले पर्यटन पुर्वाधार बिकासमा जोड दिएर नगरलाई पर्यटकिय गन्तव्यका रुपमा बिकास गर्ने भएको छ । नगर क्षेत्रभित्रका पर्यटकीय सम्भावना बोकेका क्षेत्रको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको हो । चालु आर्थिक बर्षका लागी ६७ करोड ७५ लाख  ८१ हजार २ सय ४ रपैयाँ बजेट सार्वजनिक गरेको नगरले पर्यटन पुर्वधार निर्माणमा ५४ लाख  २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरभित्रका पर्यटकिय एवंम धार्मिक सम्भावानको उजागर गर्न  १२ वटा योजनाका लागी उक्त बजेट विनियोजन गरिएको हो ।

शुक्लागण्डकी ४ र ८ मा अवस्थित रक गार्डेन


सबैभन्दा बढी जिल्लाकै प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिर क्षेत्र बिकास व्यवस्थापनका लागी १० लाख बजेट छुट्याएको छ । मिलेनियम गुफाका लागी ८ लाख, भुजिकोट पर्यटन बिकासका लागी ५ लाख, ऐतिहासिक एवंम पुरातात्विक महत्वको ढोर मुलकोट रोयल पार्क निर्माण तथा गुरुयोजना तयार पार्न ५ लाख ५० हजार बजेट विनियोजन भएको छ । शुक्लागण्डकी ७ मा सेती नदी किनारमा रहेको रक गार्डेनको गुरुयोजनाका तयार पार्न ३ लाख, कोट कालिका  जाने ढुंगा व्यवस्थापनमा  ४ लाख, तिन खोले मन्दिर क्षेत्र बिकासका लागी ४ लाख बजेट प्रदान गर्नेछ ।

शुक्लागण्डकी १२ फिरफिरेमा रहेको मिलेनियम गुफा

शुक्लागण्डकी १२ फिरफिरेमा रहेको मिलेनियम गुफा

वडा नम्बर ८ मा रहेको रक गार्डेन व्यवस्थापनमा ५ लाख, मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा पार्क सहितको पिकनिक स्पट निर्माणमा ५ लाख, शिव पञ्चायन मन्दिरलाई २ लाख २० हजार, भुलभुले बाराही मन्दिरका लागी  १ लाख, पर्यटन बिकास सम्बन्धि तालिमका लागी १ लाख ५० हजार बजेट छुट्याइएको छ ।


यस्तै ग्रामिण पर्यटन, होमस्टे सञ्चालनमा प्रोत्साहन गर्ने, कला, साहित्य र सँस्कृतिको संरक्षण र बिकास गर्ने निती लिने भएको छ । परम्परतागत भाषा सँस्कृति र भेषभुषा संरक्षणका लागी कार्यक्रम गर्ने नगरले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस