• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
  • 10:56:17
  • ON AIR
  • UP NEXT

बेलचौतारामा सोलारबाट ५ मेगावट विद्युत उत्पादन

सोलार विद्युत खरिद सम्झौता गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सोलार आयोजनाका प्रबन्धक तिल बहादुर आले ।

दुलेगौंडा, ११ भदौ । तनहुँको शुक्लागण्डकी–५, बेलचौतारामा सोलारबाट ५ मेगावट विद्युत उत्पादन हुने भएको छ । उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने भएको हो । बेलचौतारा सोलार आयोजना र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिदका लागि सम्झौता भइसकेको छ । 


नेपालमै पहिलोपटक विद्युत प्राधिकरणसँग सोलार विद्युत खरिदका लागि पीपीए सम्झौता भएको सोलार आयोजनाका लगानीकर्ता हरि कुमार श्रेष्ठले बताए । सोलार आयोजनाले आगामी २०७६ साल भदौ महिनाभित्र उत्पादन गरि प्राधिकरणलाई बुझाउनुपर्ने उनले जानकारी दिए । प्राधिकरणसँग प्रतियुनिट ७ रुपैया ३० पैसाका दरले २५ वर्षसम्म विद्युत किन्नेगरि सम्झौता भएको सोलार आयोजनाका प्रबन्धक तिल बहादुर आलेले बताए । उनका अनुसार अब केहि दिनमा निर्माणको काम शुरु हुने छ । 


सोलारबाट उत्पादित विद्युतलाई ग्रिड सीस्टमबाट राष्ट्रिय प्रसारणमा जोडिने लगानिकर्ता श्रेष्ठले बताए । ‘यसअघि सोलारबाट उत्पादित विद्युत ब्याट्रिमा लगिन्थ्यो’, उनले भने–‘यो प्रविधिमा भने इन्भटरको माध्यमबाट एसी पावरलाई डीसीमा परिणत गरि लगिनेछ । ’ आयोजना सम्पन्न गर्न करिव ६० करोड लाग्ने अनुमान गरिएको छ । 
सोलार विद्युत उत्पादनको लागि आयोजनाले शुनपा–५ स्थित भानुभक्त क्याम्पसको करिव १ सय रोपनी जग्गा भाडामा लिएको छ । करिव २ वर्षअघि भाडामा लिइएको सो जग्गाको वार्षिक करिव १३ लाख रुपैया क्याम्पसलाई बुझाउनुपर्ने हुन्छ । 
 

प्रतिकृया दिनुहोस