• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
  • 10:26:22
  • ON AIR
  • UP NEXT

बेलचौतारा सोलार परियोजना स्थानीयलाई प्राथमिकता

दुलेगौंडा, १३ भदौ  । सोलार फार्म प्रा.लि. द्धारा सञ्चालित बेलचौतारा सोलार आयोजनाले स्थानीयलाई पनि प्रवद्धकको रुपमा समावेश गर्ने भएको छ । तनहुँको शुक्लागण्डकी–५, बेलचौतारामा स्थापित सो प्रा.लि.ले मंगलवार प्रा.लि.का अध्यक्ष मोहन गुरुङले सो जानकारी दिए । 


दुलेगौडामा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीयलाई प्राथमिकता दिई २० करोड रुपैयासम्म लगानी गरि प्रोमोटरको रुपमा रहन सकिने गुरुङले बताए । साथै गैर आवासीय नेपालीबाट २० करोड र संस्थापकलाई १० करोड रुपैया लगानी गरि कुल ५० करोडमा लागतमा आयोजना सम्पन्न हुने बताईको छ ।  ५ मेगावट विद्युत उत्पादनका लागि २३ हजार प्यानल राखिने छ । उज्यालो मात्रै भएपनि विजुली उत्पादन गर्न सक्ने प्राविधिको सो प्यानल रिमोटबाटै सफाई गर्न सकिने गुरुङले दाबी गरे । आयोजनाबाट वार्षिक ९० लाख यूनिट उत्पादन हुने संस्थापक मध्यका एक एल.एन. पाण्डेले बताए । उनका अनुसार मिटरमा चढेको युनिट अनुसार प्राधिकरणले आयोजनालाई पैसा बुझाउछ । वार्षिक करिव ७ करोड रुपैया विद्युतबाट आम्दानी हुने पाण्डेले जानकारी दिए ।  
पाण्डेले दुई वर्षअघि स्थापित आयोजना सरकारी निति अभावमा लामो समय कुर्नुपरेको उल्लेख गरे । ‘छोटो समयमै सरकार बदल्ने कारणले ४ जना उर्जामन्त्रीसँग भेट्यौं, समयमै सोलार खरिद सम्बन्धी निति नबन्दा दुःख पायौं,’ उनले अगाडी थपे–‘पछिल्लो समयमा स्थायी सरकार, प्राधिकरण र उर्जामन्त्रीको सहयोगले निर्माण कार्य तिव्र गतिमा अगाडी बढेको हो ।’


नेपालमै पहिलो पटक उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने सम्झौता भइसकेको छ । नेपालमै पहिलोपटक विद्युत प्राधिकरणसँग सोलार विद्युत खरिदका लागि पीपीए सम्झौता भएको सोलार आयोजनाका व्यवस्थापक हरि कुमार श्रेष्ठले बताए । सोलार आयोजनाले आगामी २०७६ साल भदौ महिनाभित्र उत्पादन गरि प्राधिकरणलाई बुझाउनुपर्ने उनले जानकारी दिए । प्राधिकरणसँग प्रतियुनिट ७ रुपैया ३० पैसाका दरले २५ वर्षसम्म विद्युत किन्नेगरि सम्झौता भएको सोलार आयोजनाका प्रबन्धक तिल बहादुर आलेले बताए । ‘सोलार प्यानल खरिदको लागि चीन र भारतबाट कोटेसन मागिसकिएको छ,’ उनले भने–अबको ११ महिना भित्र काम सम्पन्न गरी प्राधिकरलाई हस्तान्तरण गरिसक्नुपर्छ ।’ उनका अनुसार सम्झौता अनुसार समयमै विजुली उत्पादन गर्न नसके प्राधिकरलाई जरिवाना तिर्नुपर्ने हुन्छ । 


सोलारबाट उत्पादित विद्युतलाई ग्रिड सीस्टमबाट राष्ट्रिय प्रसारणमा जोडिने व्यस्थापक श्रेष्ठले बताए । ‘यसअघि सोलारबाट उत्पादित विद्युत ब्याट्रिमा लगिन्थ्यो’, उनले भने–‘यो प्रविधिमा भने इन्भटरको माध्यमबाट एसी पावरलाई डीसीमा परिणत गरि लगिनेछ । ’ विद्युत प्राधिकरणले बेलचौतारामा सबस्टेसन निर्माण गरिरहेको छ । करिव ४० प्रतिशत काम सकिएको बताउदै श्रेष्ठले सोहि स्टेसनमार्फत राष्ट्रिय प्रसारणमा जोडिने जानकारी दिए । 


आयोजनाका प्रबन्धक तिल बहादुर आलेले छिमेकी मुलुकहरुमा पर्याप्त जलस्रोत भएपनि वैकल्पिक उर्जाको रुपमा सोलार प्लान्टको उपयोग गरिएको बताए । ‘प्राकृतिक स्रोत बचाउनको लागि सोलारप्लान्टमा जोड दिँदै आएको छ,’ उनले भने– ‘व्यवसायिक रुपमा जादा ऊर्जा अभावलाई कम गर्न सहयोग पुग्ने छ ।’ 
सोलार विद्युत उत्पादनको लागि आयोजनाले शुनपा–५ स्थित भानुभक्त क्याम्पसको करिव १ सय रोपनी जग्गा भाडामा लिएको छ । करिव २ वर्षअघि भाडामा लिइएको सो जग्गाको वार्षिक करिव १३ लाख रुपैया क्याम्पसलाई बुझाउदै आएको छ ।  
तस्विर पनि छ । 

प्रतिकृया दिनुहोस