• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
  • 03:58:42
  • ON AIR Filmy Parda
  • UP NEXTYour Choice

ढोरफिर्दीमा एक लाख पुरस्कार राशीको सेभेन ए साइड फुटबल हुने

दुलेगौडा, १६ भदौ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा शुक्लागण्डकी– ८, ढोरफिर्दीमा मा खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता भदौ २१ गतेबाट सुरु हुने छ । वडाभित्र रहेका टोल बिकास संस्थाहरुको संयुक्त आयोजना र वडा कार्यालयको सह–आयोजनामा प्रतियोगिता हुन लागेको हो । 
‘मोफसलमा रहेका खेलाडीहरुको खेल कौशलता प्रर्दशन गर्दै समाजिक कार्यमा उनीहरुलाइ परिचालित गर्न  प्रतियोगिता आयोजना गरिएको हो’ प्रतियोगिता संयोजक विपिन्द्र सेन ठकुरी भने, ‘ गाउँफर्कोदय मावि मातहातमा रहेको गणपते खेल मैदानलाइ क्षेत्रीयस्तरको रंगशाला निर्माणका लागी प्रतियोगिताले प्रदेश सरकारको ध्यानआर्कषण गराउनेछ ।’ खेलकुदले समाजसँगै व्यक्तिलाइ पनि स्वस्थ्य राख्ने ठकुरीको भनाइ छ ।


प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार १ सय २१ रुपैया र द्धितीयले ५५ हजार ६ सय ५५ रुपैयाको साथमा  कप मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक ठकुरीले जानकारी दिए । उनका अनुसार  सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र अनुशासित टिम पुरस्कृत हुनेछन् । ३२ टिमको सहभागिता रहने आयोजकको अपेक्षा छ ।


२०५२ सालदेखि यहाँ निरन्तर रुपमा फुटबल प्रतियोगिता र तीज गीत प्रतियोगिता हुदै आइरहेको छ । यसलाइ निरन्तरता दिदै मौलिक सँस्कृतिको संरक्षणमा तीज गीत प्रीतयोगिता समेत आयोजकले जनाएको छ । तीज प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः २५ हजार १ रुपैयाँ, १५ हजार १ रुपैयाँ र ७ हजार १ रुपैयाँ र प्रमाणपत्र पाउनेछन् । 
 

प्रतिकृया दिनुहोस