• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
  • 10:32:49
  • ON AIR Hello Shuklagandaki
  • UP NEXTNepal Khabar

उत्पादनले आर्थिक सम्बृद्धीतर्फ डो¥याउछ –मन्त्रि बस्नेत

भवन शिलन्यास गर्दै गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेत फोटो : बिनोद ढुंगाना


बिनोद ढुंगाना
दुलेगौडा, भदौ १६ ।  गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले उत्पादनमा जोड दिएर प्रदेशलाई आर्थिक समृद्धीको दिशातर्फ डो¥याउनुपर्ने बताएका छन्  । गण्डकी प्रदेश सरकारले ४ सय  वटा मुख्यमन्त्रि नमुना कृषिफर्म तयार पार्ने योजना ल्याएकाले उत्पादनमा लागेर वैदेशिक रोजगारीमा जान लागेका युवालाइ स्वदेशमै रम्ने वातावरण सिर्जना गर्ने बताए । शनिबार शुक्लागण्डकी ९ मालेबगरमा नवप्रभात युवा क्लबको भवन शिलन्यास पश्चात सम्बोधन गर्दै मन्त्रि बस्नेतले यस्तो बताएका हुन् ।


‘युवा शक्ति विदेशिने क्रम बढ्दो छ, राज्यले ल्याएको कार्यक्रममा उनिहरुलाइ समाहित गरेर उत्पादनमा लगाउन सकिन्छ’, उनले भने, ‘उत्पादनलाइ बढी जोड दिनुप¥यो, उत्पादन धेरै भएपछि रोजगारीको अवसर सिर्जना हुन्छ र आर्थिक समृद्धीको यात्रा सुरु हुन्छ ।’
‘अहिलेको शिक्षा निती परिवर्तन गर्नुपर्ने देखिन्छ’, उनले भने, ‘रोजगारी सिर्जना गर्ने प्राविधिक शिक्षा सके उत्पादनमा बृद्धी गराएर मुलकलाइ आर्थिक सम्बृद्धीको दिशातर्फ लैजान सक्छौ ।’  


 हाल धमाधम प्रादेशिक कार्यलयहरुको स्थापना भइरहेकाले एक बर्षभित्र यहाँका जनताले महसुश गर्ने गरी प्रदेश सरकारले काम गरेर देखाउन मन्त्रि बस्नेतले ठोकुवा गरे । ‘सरकारले काम गरेन भनेर अहिले बिरोध गरिरहेका प्रतिपक्षले समेत एक बर्षको अवधिमा हाम्रो काम देखेर खुलेर प्रसंशा गर्ने अवस्था आउछ उनले भने ।’ 


कार्यक्रममा शुक्लागण्डकी ९ का वडाअध्यक्ष लोकनारयण श्रेष्ठ, ७ का अध्यक्ष राम बहादुर क्षेत्री थापा, ६ का अध्यक्ष कृष्ण बहादुर पौडेल, नेकपाका देवलाल खनाल, नेपाली कांग्रेसका नगर सचिव गोविन्द भट्टराई, क्लबका संरक्षक नरेन्द्रराज वाग्ले स्थानिय बुद्धीसागर रिमाल लगायतले बोलेका थिए । उनिहरुले शुक्लागण्डकीमा रहेका सार्वजनिक जग्गाको सदुपयोग गर्दै प्रादेशिक कार्यलहरुको स्थापना गर्न मन्त्रि बस्नेतसमक्ष माग राखे ।


क्लबका अध्यक्ष बिक्रम कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत हरिमाया रेग्मि र सञ्चालन शंकर थापाले गर्नुभएको थियो । सो अवसरमा क्लबले दोस्रो बार्षिउत्सवको अवसरमा सञ्चालन गरेको नवप्रभात च्याम्पियनका प्रतिष्पर्धीले आफ्नो प्रतिभा प्रस्तुत गरेक थिए । उत्कृष्ट ४० प्रतियोगिबाट अघिल्लो चरणका लागी नृत्य र गायन विधाबाट गरि २५ जना छनौट गरिएको कार्यक्रम संयोजक अनिल घिमिरेले जानकारी दिए ।  

प्रतिकृया दिनुहोस