• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
  • 03:46:52
  • ON AIR Filmy Parda
  • UP NEXTYour Choice

नव ज्योती बचत तथा ऋण सहकारीको आठौं साधारणसभा

दुलेगौंडा, १७ भदौ । शुक्लागण्डकी–८ मा अवस्थित नव ज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारणसभा ढोरफिर्दीमा शनिवार सम्पन्न भएको छ । 


कार्यक्रममा बोल्दै प्रमुख अतिथी शुक्लागण्डकी –८ का अध्यक्ष कृष्ण रेग्मीले सहकारीले छरिएर पुँजीलाई एकत्रित गरि लगानी गर्ने वातावरण सृजना गरेको बताए । ‘सहकारी नहुदा चर्को ऋणमा काम गर्नुपर्ने थियो उनले भने–तर अहिले टोल टोलमा स्थापित सहकारीले सहज र सुलभ तरिकाले स्थानीयको खाँचो टार्दै आएको छ ।’

सहकारीका संस्थापक अध्यक्ष इन्द्रप्रसाद भट्टराई, संस्थापक सचिव टंक पौडेलले ठूलो मिहिनेतपछि ढोरफिर्दीमा सहकारी स्थापना गरेको जानकारी दिए । सहकारीका सदस्य दुर्गा बहादुर महतले पारदर्शी ढंगले सहकारीलाई सञ्चालन गर्नुपर्नेमा जोड दिए । सहकारीका अध्यक्ष घनश्याम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सचिव चेतकान्त पोख्रेल, महिला सदस्य राधा काफ्ले, निवर्तमान प्रबन्धक प्रकाश वि.क. लगायतले बोलेका थिए । साथै कोषाध्यक्ष माधव भट्टराईले आर्थिक, डोरजंग खातीले लेखा र टोप बहादुर खाँडले ऋण समितिको तर्फबाट प्रतिवेदन पेश गरेका थिए । 

सहकारीको कुल शेयर पूँजी ३ करोड २५ लाख २३ हजार रहेको छ भने निक्षेप ५ करोड ४३ लाख ९९ हजार रुपैया रहेको छ । साथै ऋण लगानी ७ करोड ४३ लाख ३१ हजार रुपैया रहेको कोषाध्यक्ष माधव भट्टराईले जानकारी दिए । वि.स. २०६७ सालमा स्थापित सहकारीमा हाल २ सय ५१ सदस्य रहेका छन् । 
 

प्रतिकृया दिनुहोस