• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
  • 03:12:45
  • ON AIR Nepal Khabar
  • UP NEXTFilmy Parda

ढोरफिर्दीमा सम्पन्न ब्याटमिन्टन प्रतियोगिताको उपाधी शाही र केसीको जोडिलाई

दुलेगौंडा, २१ भदौ । ढोर मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिताको उपाधी लेख बहादुर शाही र धिरज केसीको जोडीले जितेका छन् । बुधवार भएको फाइनलमा गोपाल महत र पविनाथ गिरीको जोडी २१–१७ र २१–१६ को सोझो सेटले पराजित भएका हुन् । 

प्रथम स्थान हासिलन गर्ने जोडिले ट्रफि, मेडल प्रमाणपत्र र खसी प्राप्त गरेका छन् । उपविजेताले  ट्रफि, मेडल प्रमाणप पाएका छन् । प्रतियोगितामा विजयी जोडिलाई पुरस्कार प्रदान गर्दै शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले खेलले स्थानीय स्तरमा रहेको खेलाडीहरुलाई प्रोत्साहन मिल्ने बताए । उनले तल्लो तहबाट प्रशिक्षण दिने हो भने राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा देशको पहिचान राख्न सक्ने उल्लेख गरे । 

जिल्ला समन्वय समितिका संयोजक सरस्वती गौतमले खेल क्षेत्रमा महिलाहरुलाई पनि समावेश गर्नुपर्नेमा जोड दिइन् । वडा नं. ८ का अध्यक्ष कृष्ण रेग्मीले स्थानीयरुपमा खेलाडी उत्पादन गर्न विभिन्न माध्यमबाट सहयोग गरिरहेको जानकारी दिए । क्लवका संरक्षक भोजराज भट्टराई, खेल संयोजक लेख बहादुर शाहि लगायतले बोलेका थिए । ढोर व्याटमिन्न क्लवको आयोजनामा भदौ १७ गतेबाट शुरु प्रतियोगितामा १२ जोडिको सहभागिता रहेको थियो । प्रतियोगिता गर्न वडा नं. ८ को कार्यालयले सहयोग गरेको थियो । 
 

प्रतिकृया दिनुहोस