• शनिबार १-८-२०८१/Saturday 04-20-2024
  • 03:49:23
  • ON AIR Filmy Parda
  • UP NEXTYour Choice

ढोरफिर्दीमा सेभेन ए साइड फुटबल आजबाट, तयारी पुरा

प्रतियोगिताको लागि बुधवार ग्राउण्ड तयार गरिदै ।

दुलेगौडा, २१ भदौ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा शुक्लागण्डकी– ८, ढोरफिर्दीमा मा आजबाट खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु हदै छ ।  वडाभित्र रहेका टोल बिकास संस्थाहरुको संयुक्त आयोजना र वडा कार्यालयको सह–आयोजनामा प्रतियोगिता हुन लागेको हो । 


विहिवारको उद्घाटन खेल दिउँसो २ बजेपछि आयोजक र  तिब्बतीयन युवा क्लवबीच हुने छ । प्रतियोगितामा ३१ समुहले दर्ता गराएका छन् । दोस्रो खेल नमस्ते एक्सप्रेस र सेती रिभर युवा क्लव डहरेबीच हुने छ भने अन्तिम खेल फिर्दी युनाईटेड फिर्दी विरुद्ध शुक्लागण्डकी युवा क्लव ‘बी’ भिड्ने प्रतियोगिता संयोजक विपिन्द्र सेन ठकुरीले जानकारी दिए । 
प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार १ सय २१ रुपैया र द्धितीयले ५५ हजार ६ सय ५५ रुपैयाको साथमा  कप मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक ठकुरीले जानकारी दिए । उनका अनुसार  सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र अनुशासित टिम पुरस्कृत हुनेछन् । 


२०५२ सालदेखि यहाँ निरन्तर रुपमा फुटबल प्रतियोगिता र तीज गीत प्रतियोगिता हुदै आइरहेको छ । यसलाइ निरन्तरता दिदै मौलिक सँस्कृतिको संरक्षणमा तीज गीत प्रीतयोगिता समेत आयोजकले जनाएको छ । तीज प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः २५ हजार १ रुपैयाँ, १५ हजार १ रुपैयाँ र ७ हजार १ रुपैयाँ र प्रमाणपत्र पाउनेछन् । 

प्रतिकृया दिनुहोस