• शनिबार १-८-२०८१/Saturday 04-20-2024
  • 02:00:41
  • ON AIR
  • UP NEXTBhakti Darshan

ढोरफिर्दी कपको उपाधी नमुना युवा क्लव गाछेपानीलाई

दुलेगौंडा, २९ भदौ  । तनहुँको शुक्लागण्डकी–८, ढोरफिर्दीमा सम्पन्न खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि नमुना युवा क्लव गाछेपानीले जितेको छ ।  

बुधबार भएको फाइनल खेलमा ज्याब्लीङ्ग युवा क्लब तिब्बतीयन क्यामम्पलाइ १–० ले पराजित गर्दै नमुनाले उपाधि कब्जा गरेको हो । प्रतियोगितामा प्रथम हुन सफल नमुनाले १ लाख १ हजार १ सय २१ रुपैया प्राप्त गर्दा  द्धितीय ज्याब्लीङ्गले ५५ हजार ६ सय ५५ रुपैयाको साथमा  कप मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा सर्वाधिक गोलकर्ता फिरफिरे युनाइटेडका विरु थापा भए ।  विजेता समुह तथा खेलाडीलाइ प्रमुख अतिथी शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले  पुरस्कार प्रदान गरे । 


सो अवसरमा बोल्दै मेयर गुरुङले नगरस्तरीय खेलकुद ग्राम आवश्यक रहेको बताए । वडा नं. ८ का अध्यक्ष कृष्ण रेग्मीले सहभागि सबैलाई आभार व्यक्त गरे ।  प्रतियोगितामा ३१ समुहको सहभागिता थियो । 


यस्तै तिज गीत प्रतियोगितामा विहानी आमा समुह बेलचौतारा प्रथम, पञ्चमुनिदेव माविका विद्यार्थी द्धितीय र चिसापानी आमा समूह, स्याङजा तृतीय भयो । उत्कृष्ट भेषभुषा लहरेपिपल आमा समुह, उत्कृष्ट नृत्य हरियाली आमा समुह घोषित भए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनलाई क्रमशः २५ हजार १ रुपैयाँ, १५ हजार १ रुपैयाँ र ७ हजार १ रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिता संयोजक पिताम्बर खातीले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस