• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
  • 06:13:21
  • ON AIR Kayakairan
  • UP NEXTNepali Bahas

बिरुवा साँस्कृतिक मञ्चको तीज गीत प्रतियोगितामा कालिका पहिलो

दुलेगौडा, भदौ २९ । बिरुवा साँस्कृतिक मञ्च स्याङजाको आयोजनामा भएको अन्तर वडास्तरिय मौलिक तीज गीत प्रतियोगितामा कालिका आमा समुह मोचाबारी प्रथम भएको छ । विरुवा गाउपालिका ८ ललाङमा भएको प्रतियोगितामा प्रगतीशिल आमा समुह ललाङ द्धितिय र तर्ले आमा समुह तृतिय हुन सफल भए ।  प्रथम, द्धितिय र तृतियले क्रमश : ५ हजार ५ सय , ४ हजार ५  सय र ३ हजार ५ को साथमा प्रमाणपत्र प्राप्त गरे । सान्त्वना दुर्गादेवि आमा समुह तर्ले घोषित भयो ।

उनिहरुलाइ बिरुवा गाउपालिका उपाध्यक्ष देवी थापाले पुरस्कार वितरण गरिन् । कार्यक्रममा बोल्दै उनले मौलिक तीज गीतलाइ संरक्षण गर्नुपर्नेमा जोड दिइन् । ‘पछिल्लो समय हराउदै गएका मौलिक गीतसंगीतलाई संरक्षणका लागी मञ्चले चालेको  कदममा  गाउपालिकाको पनि साथ रहन्छ, उनले भनिन् । ’ सो अवसरमा अग्रज लोक गायिका राममाया गुरुङ र हाल युकेमा रहेका ललाङका चित्र बहादुर रानालाइ सम्मान गरिएको मञ्चका सचिव एवंम लोकदोहोरी गायक बालकृष्ण वाग्लेले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस