• शनिबार १-८-२०८१/Saturday 04-20-2024
  • 04:21:44
  • ON AIR
  • UP NEXTBhakti Darshan

सम्झनाको प्रस्तुतीमा झुम्यो दुलेगौडा (फोटो फिचर)

फोटो : बिनोद ढुंगाना


दुलेगौडा, भदौ २९ । चर्चित लोकदोहोरी गायिका सम्झाना भण्डारीको प्रस्तुतीमा दुलेगौडाबासी झुमे । हरितालिका तीजको दिन तनहुँ उद्योग वाणिज्य संघ दुलेगौडा बजार इकाइको आयोजनामा भएको खुल्ला तीज गीत प्रतियोगितामा भण्डारीको प्रस्तुतीमा दुलेगौडाबासी झुमेका हुन् । उनले तीज गीत ‘बत्ती बाल्नै पर्दैन’ गाउदा दर्शकहरु नाच्नमै व्यस्त रहे । सो अवसरमा भण्डारीले बत्ती बाल्नै पर्दैन, छिनछिन बज्ने चुरा, बेरोजगार पोइ, ग्यादीको पुल लगायतका आधा दर्जन प्रस्तुती राखेकी थिइन् । लोकदोहोरी गायक शंकर पन्त, मालती राना, हास्य कलाकार मनिष घिमिरे लगायत स्थानिय कलाकारको प्रस्तुती माहोल तताएको थियो । 

यसैबिच तीज गीत प्रतियोगितामा शुभकामना समुह राधाकृष्ण टोल प्रथम भएको छ । दुलेगौडा बजारमा भएको प्रतियोगितामा प्रतिष्पर्धी १६ टिमलाइ पछाडी पार्दै शुभकामना समुह प्रथम भएको हो ।  लोक संस्कृतिको संरक्षण र सम्बद्र्धन गरौ, हरितालिका तीज पर्व भव्य रुपमा मनाउ भन्ने नाराका साथ भएको प्रतियोगितामा विहानी समुह बेलचौतारा द्धित्तिय, दीदीबहिनी समुह गगनगौडा तृतिय र दीदीबहिनी आमा समुह सृजना टोल सान्त्वना हुन सफल भएको प्रतियोगिता संयोजक रोजिना खातुनले बताइन् । 


प्रतियोगितामा प्रथम, द्धित्तिय, तृतिय र सान्तवना हुनेले क्रमशः २१ हजार, १४ हजार, ७ हजार, ३ हजारसँगै प्रमाण पत्र प्राप्त गरेको खातुनले जानकारी दिइन् । नृत्यमा अरिनीको मावी खैरेनीटार र भेषभुषामा दुलेगौडा बाल समुह उत्कृष्ट हुदै समान १ हजार ५ सय प्राप्त गरेका छन् ।   

हेर्नुहोस् फोटो :

कार्यक्रममा उपस्थित दर्शक

हाँस्य कलाकार मनिष घिमिरे प्रहसन राख्दै

प्रथम हुन सफल शुभकामना समुह राधाकृष्ण टोल

प्रतिकृया दिनुहोस