• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
  • 03:54:21
  • ON AIR
  • UP NEXTBhakti Darshan

झीः नेवा क्लब दुलेगौंडामा अमृत

दुलेगौडा, ३० भदौ । झीः नेवा क्लब दुलेगौंडाको अध्यक्षमा अमृत श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । बिहीबार भएको दोस्रो साधरणसभा तथा पहिलो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा २ बर्षे कार्यकालका लागी १३ सदस्यिय कार्यसमिति चयन गरेको हो ।


क्लबको उपाध्यक्षमा पुजा श्रेष्ठ, सचिवमा रितिका श्रेष्ठ, सहसचिवमा कृष्ण श्रेष्ठ, कोषाध्यक्षमा वाइसिन श्रेष्ठ चयन भए । सदस्यहरुमा पुजा श्रेष्ठ, बविता श्रेष्ठ, जीवन श्रेष्ठ, विजय श्रेष्ठ, दिपिका श्रेष्ठ, शक्ति श्रेष्ठ, कपिल श्रेष्ठ र रविन श्रेष्ठ छन् ।


सो अवसरमा बोल्दै  नेपाल नेवा देबुका केन्द्रिय उपाध्यक्ष शंकर नारायण श्रेष्ठले नेवारी समुदायको धर्म संस्कृति बैज्ञानिकतामा आधारित रहेको बताए । ‘छोराछोरीलाई आफ्नो संस्कृति परम्पराप्रति चासो देखाइ अभिभावकले निरन्तरता दिन लाग्नुपर्छ, उनले भने ।’  सो अवसरमा तनहुँ नेवा खलःका अध्यक्ष डिल बहादुर श्रेष्ठ, अरिदेव नेवा पुचः सेवा कोष दुलेगौंडाका अध्यक्ष आनन्द सुन्दर श्रेष्ठ, तनहुँ मिसा दबुका उपाध्यक्ष इश्वरी माया कायस्थ, तनहुँ नेवा खलःका सल्लाहकार श्याम कृष्ण मल्ल, अरिदेव मिसा पुचःकी उपाध्यक्ष लक्ष्मी कुमारी श्रेष्ठ, बाराही आवासीय मावी  दमौलीका प्रध्यानाध्यापक लक्ष्मण कुमार ताम्राकार लगायतले संस्कृति संरक्षणमा युवा पुस्ताले चासो दिनुपर्नेमा जोड दिएका थिए ।  

क्लवका अध्यक्ष पुकार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सन्तोषी श्रेष्ठले गरेकी थिइन् । कार्यक्रममा विभिन्न नृत्यु समेत प्रस्तुत गरिएको थियो । २०७३ सालमा स्थापित क्लबले परम्परा, धर्म, संस्कृतिको संरक्षण र प्रर्बद्धनमा लागेको क्लवले जनाएको छ ।  
 

प्रतिकृया दिनुहोस