• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
  • 09:41:05
  • ON AIR shruti Sambeg
  • UP NEXTShuklagandaki Samachar

दुलेगौँडा बजारमा प्रशासनको अनुगमन

फोटो : बिनोद ढुंगाना

बिनोद ढुंगाना
दुलेगौँडा, असोज १ ।
शुक्लागण्डकीको प्रमुख व्यापरिक केन्द्र दुलेगौडा बजारमा खाद्यन्न सामाग्री वितरण गर्ने किराना पसलहरुको आइतबार अनुगमन गरिएको छ । बजार अनुगमनका क्रममा पसलहरुले खाद्य र अखाद्य वस्तुलाइ एकै ठाउँमा राखेको, मूल्यसूची नटाँसेको, तौल कम भएका सामाग्री विक्रि वितरण गरेको, म्याद गुज्रेको समाग्री राखेको पाइएको छ । जिल्ला प्रशासन कार्यलय तनहुँका प्रशासकीय अधिकृत रामप्रसाद ढकालको नेतृत्वमा अनुगमन भएको हो ।


पसलले उपभोक्ताको स्वास्थ्यमा असर पुग्ने गरी लापरवाही गरेको पाइएको ढकालले बताए । ‘बजारमा रंग मिसाएका अखाद्य वस्तुहरु र दुइ वर्ष अगावै म्याद गुज्रिएका पेय पदार्थहरु विक्रि वितरण गरेको भेट्टायौँ’, उनले भने, ‘त्यस्ता सामग्री जफत भए,  उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गरी सामग्री वितरण नगर्न पसल सञ्चालकहरुलाई सचेत गराएका छौ ।’ 
 अर्को पटक यस्तो भेटिएमा कारवाहीको दायरामा ल्याउने ढकालले बताए । पसलमा उपभोक्ताले प्रस्ट देख्ने गरी मूल्यसूची टाँस्नुपर्ने, सम्बन्धित निकायमा दर्ता हुनुपर्ने, वस्तुको उत्पादन मिति, लेबलिङ टाँस गर्न व्यवसायी समक्ष उनको आग्रह थियो ।

 

जिल्ला खाद्य निरिक्षण इकाइ कास्कीकी खाद्य निरिक्षक भुमिका प्रधानले उपभोग्य मिति समाप्त भएका वस्तुको उपयोगले स्वास्थ्यमा असर पु¥याउने बताइन् । ‘म्याद गुज्रिएका  वस्तुको उपयोगले तत्कालै स्वास्थ्यमा असर नदेखिएपनि दीर्घकालसम्म असर देखिन्छ’, प्रधानले अगाडी जोडिन्, ‘उपभोक्ता स्वयं सजग बनेर कुनै पनि वस्तुको खरिद गर्दा म्याद सकिएको छ, छैन हेर्न जरुरी छ ।’ 


 उपभोक्ता मञ्चका अध्यक्ष खेमराज अधिकारीले व्यवसायी र उपभोक्ता सचेत हुनुपर्नेमा जोड दिए । ‘सरकारले बेलाबखतमा मात्रै बजार अनुगमन गप्यो व्यपारीले कालोबजारी गरे भनेर हामी दोषारोपण गर्दछौँ’, उनले भने, ‘हामी आफँै पनि सजग हुने हो भने बजार अनुगमनको त्यत्ति जरुरी देखिदैन् ।’  व्यवसायिले व्यापारिक स्वच्छता र अनुशासन विपरित उपभोक्ता ठग्न नहुने ढकालले धारणा राखे ।


टोलीले बजारका केही मिठाइ पसलको समेत अनुगमन गरेको थियो । मिठाइ पसलहरु राजमार्ग छेउमा खुल्ला राखेर बिक्रि गरेको पाएपछि उनिहरुलाइ त्यहाँबाट हटाइएको ढकालले जानकारी दिए ।  अनुगमन टोलिमा  घरेलु तथा साना उद्योगका कर्मचारी, शुक्लागण्डकी नगरपालिका कर्मचारी, जनप्रतिनिधी, तनहुँ उद्योग वाणिज्य संघ दुलेगौँडा बजार इकाईका प्रतिनिधी, प्रहरी र पत्रकार सहभागि थिए ।

प्रतिकृया दिनुहोस