• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
  • 11:10:29
  • ON AIR Hello Shuklagandaki
  • UP NEXTNepal Khabar

डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने नेकपाको निर्णय


काठमाडौं, साउन ३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले जुम्लामा अनसनरत डा.गोविन्द केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको छ ।

नेकपाको बुधबार बसेको आकस्मिक बैठकले बैठकले डा. केसीको जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्दै बिहीबार नै हेलिकोप्टरबाट काठमाडौं ल्याउन पहल गर्ने निर्णय गरेको हो । उहाँका मागबारे काठमाडौंमै बसेर गम्भीर छलफल गर्ने बैठकले निर्णय गरेको छ ।

१९ दिनदेखि अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भए पनि सरकारले चासो नदिएको आरोप लागिरहेको छ । 

चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी जुम्लामा अनसनरत हुनुहुन्छ । यसबीचमा उहाँका प्रतिनिधिसँग सरकारले वार्ता गरे पनि सहमति हुन सकेको छैन ।

नेपाल चिकित्सक संघले बिहीबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने गरी आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।

प्रतिकृया दिनुहोस