• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
  • 05:06:47
  • ON AIR Shuklagandaki Samachar (Local)
  • UP NEXTBal Prativa

लायन्स भलिबलको फाइनलमा बैडी र राङरुङ्ग

दुलेगौँडा, २६  असोज । शुक्लागण्डकीमा जारी वडास्तरिय भलिबल प्रतियोगिताको उपाधीका लागी  राङरुङ्ग युवा समुह र बैडी ब्वाइज युनिट  भिड्ने भएका छन् । 


लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनको आयोजनामा  भएको महोत्सवस्थलमा सो प्रतियोगिता भएको हो । विहिवार भएको सेमिफाइनल खेलमा राङरुङ्ग युवा समुहले नाइसा कन्सट्रक्सनलाई र  बैडी ब्वाइज युनिटले सेभेन ए गाइजलाई हराउदै फाइनलमा पुगेका हुन् । 


पहिलो खेलमा राङरुङ्ग युवा समुहले नाइसा कन्सट्रक्सनलाई २५–२१,२५–१६ र २६–२४ को सोझो सेटमा पराजित गरेको भने अन्तिम खेलमा सेभेन ए गाइजलाई बैडी ब्वाइज युनिटले २६–२४, २५–२१, २६–२८,२२–२५ र १५–११ को स्कोरमा पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो । 


शुक्रवार फाइनल हुने खेलकुद संयोजक प्रेम श्रेष्ठले जानकारी दिए ।  यसअघि तेस्रो स्थानका लागी सेमिफाइनलमा पराजित भएका नाइसा र सेभेन ए गाइज भिडने उनले बताए ।    प्रतियोगितका विजयी समुहलाई नगद १ लाख ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । द्धितिय र तृतीय हुने समुहलाई क्रमश ः ७५ हजार, २० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । विजयी समुहलाई शनिबार महोत्सवको समापनको अवसरमा पुरस्कार प्रदान गरिने बताइएको छ । सोमबारदेखि सुरु भएको प्रतियोगितामा १६ समुह सहभागी रहेका थिए ।
 

प्रतिकृया दिनुहोस