• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
  • 09:00:47
  • ON AIR BBC Nepali Sewa Saj Pakha
  • UP NEXTSikchya Sambad

तिनखोले देवी मन्दिरमा चौथो दिनसम्म करिव १३ लाख रुपैया संकलन

दुलेगौडा, २८ असोज । शुक्लागण्डकी–६ स्थित तिनखोले देवी मन्दिरमा जारी नवदुर्गा देवी भागवत ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा चौथो दिनसम्म १२ लाख ८० हजार रुपैया संकलन भएको छ । शनिवार मात्रै  २ लाख ३३ हजार रुपैया संकलन भएको तिनखोले देवि पुजा व्यवस्थापन तथा विकास समितिका अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिए । महायज्ञमा भक्तजनहरुको सहभागिता उत्साहजन रहेको उनले बताए ।


शनिवार लेखनारायण श्रेष्ठले ५१ हजार ५ सयरुपैया प्रदान गर्नुभयो । यसैगरी कृष्ण बहादुर पौडेलले ५५ हजार ५ सय ५५ रुपैया, डम्मर बहादुर थापाले ५१ हजार रुपैया र होमनाथ घिमिरले ५५ हजार ५ सय ५५ र थमन बहादुर थापा मगरले १५ हजार १ रुपैया प्रदान गर्नुभएको आर्थिक उपसमितिका सहसंयोजक बालकुमार वाग्लेले जानकारी दिए ।  


विजयादशमीको अवसरमा आयोजित महायज्ञ ३० गतेसम्म सञ्चालन हुने छ । खैरेनीटारबाट उत्तरपूर्वतर्फ साढे सात किलोमिटरको दुरी पार गरि मन्दिरमा  पुग्न सकिन्छ । महायज्ञलाई लक्षित गर्दै मन्दिर पुग्ने मोटरमार्ग स्तरोन्नती गरिएको छ । भक्तजनको सहजताका लागि खैरेनीटारबाट २ वटा मोटरको व्यवस्था गरिएको समितिका अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिए ।


महायज्ञमा भागवत रसिक युवा गुरु श्री ऋषिराम महाराजजीले प्रमुख वाचन गर्नुभएको छ । महायज्ञमा सामुहिक कालसर्प योगशान्ति, चौरासी पूजा, सामूहिक व्रतवन्ध, ग्रहशान्ति तथा लाखबत्ती बाल्ने कार्यक्रम समेत राखिएको प्रवक्ता अर्जुन सापकोटाले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस