• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
  • 12:39:59
  • ON AIR
  • UP NEXTBhakti Darshan

प्रकृतीले कुँदेको कला ‘रकगार्डेन’

बिनोद ढुंगाना


झट्ट हेर्दा जो कोहीको मन लोभ्याउँछ । देख्ने जतिले ‘आहा कस्तो राम्रो ढुंगा, कुदेको जस्तै’ भन्छन् रक गार्डेनलाई । सेती नदी किनारमा रहेको ढुंगालाई बर्षौदेखि नदीको वहावले खियाएर विभिन्न आकृती बनेका छन् । यसैले होला यहाँ पुग्ने जो कोहीलाइ कुदेको जस्तै लाग्ने । जहापनि नदी किनारमा ढुंगा हुन्छ । तर यहाँको जस्तो कलात्मक देखिदैन् । रक गार्डेन मानव निर्मित होइन्, सेती नदीको वहावले कुदेको कला हो । आफ्नै पाराले बग्दै आएको सेती नदी पनि रक गार्डेनलाई देख्दा लजाउँदै खोँच बनाएर सुसेली हाल्दै बगेको छ । रक गार्डेन पार गर्नेवित्तिकै फेरी नदीले आफ्नै लय समात्छ । 

मितबा ढुंगा

 


शुक्लागण्डकी नगरपालिकाको दुलेगौडा बजारबाट केही मिनेटमा पुग्न सकिने रक गार्डेन शुक्लागण्डकी– ४ र ८ को सेती नदी किनारमा छ ।  यस्तै शुक्लागण्डकी –७  शान्तिनगरमा समेत रक गार्डेन रहेको छ । हेर्दा आर्कषक र पर्यटकिय सम्भावना बोकेको भएपनि चारबर्ष अगाडीसम्म रक गार्डेन रक गार्डेनका रुपमा स्थापित भने थिएन् । नजिकको तिर्थ हेला भनेझैँ भएको थियो । नदी किनारमा रहेका कलात्मक ढुंगालाई कसैले चिन्नै सकेका थिएनन् ।  नदीको वहाबले कुदेको आकृति पर्यटकलाई देखाउन सकिन्छ भन्ने हेक्का थिएन स्थानियलाई । 


मिलेनियम ट्रेकको रुटको रेखाकंन गर्ने क्रममा नदी किनारलाई पर्यटकिय गन्तव्य बनाउन पर्यटन व्यवसायीलेसुझाव दिए । सन् २००१ मा मध्यपहाडी पदमार्ग ‘मिलेनियम टे«क’को रेखांकन गर्ने क्रममा रक गार्डेनको अवधारणा ल्याइएको हो । तनहुँको दुलेगौंडादेखि स्याङ्जाको मनकामनासम्म ५७ किलोमिटर दुरीको मिलेनियम ट्रेकको उद्गम विन्दुमै रकगार्डेन अवस्थित छ ।  पदयात्रीलाई फरक स्वाद दिने उद्देश्यसहित शुरुवात गरिएको उक्त पदयात्रा मार्गको प्रवेशद्वारमै रहेको रकगार्डेनलाई गन्तव्य बनाईयो । तर अझै पनि यथेष्ट पर्यटक भित्र्याउन सकिएको छैन् ।

रक गार्डेन परिसरको फुट ट्रयाक

 


२०७१ सालमा शुक्लागण्डकी पर्यटन प्रर्बद्धन परिषद्, तनहुँ दर्ता गरेर रकगार्डेन (शुक्लागण्डकी प्रस्तर उद्यान) नामकरण गरिएको हो । अहिले रक गार्डेन आन्तरिक तथा बाह्य पर्यटकहका लागी विल्कुल फरक गन्तव्य बनेको छ ।  पर्यटन तथा सँस्कृति मन्त्रालयले रकगार्डेनका लागी २ बर्षसम्म लगातार बजेट छुट्याएपछि हाल केही पुर्वाधारहरु तय भएका छन् । मन्त्रालयले दुई बर्षसम्म १०÷१० लाख बजेट उपलब्ध गराएको थियो । उक्त बजेटले ३ सय मिटरमा फुटट्रयाक,  ठुलढुंगामा दृश्य अवलोकनका लागी ट्रष्ट, फुटट्रयाकलाई तारबार लगाउने लगायतका केही संरचना बनेका छन् । तर पर्यटकिय गन्तव्य बनाउन जति पुर्वाधार निर्माण हुनुपर्ने हो, त्यति हुन सकेको छैन् । यहाँ आउने पर्यटकको सुरक्षाका लागी सिसी क्यामेरा जडान र सेती नदीको चारैतर्फ तारबार गर्न जरुरी छ ।  दुवैतर्फ पुटट्राक बनाउनुपर्ने देखिन्छ । बजेट अभावले अन्य पुर्वाधार खडा गर्न नसकिएको शुक्लागण्डकी पर्यटन प्रर्बद्धन परिषदले बताउने गर्दछ । 


पर्यटकीय नगरी पोखरासँगै जोडिएको शुक्लागण्डकी नगरपालिकाले पर्यटनको उच्च सम्भावना बोकेको छ । यहाँ रहेका धार्मिकस्थल, पर्यटकियस्थल, ऐतिहासकि स्थानहरुको प्रर्बद्धन गर्न सके पृथ्विराजमार्ग हुदैँ पोखरा पुग्ने पर्यटकलाई शुक्लागण्डकीमा ओर्लिएर केही समय व्यतित गर्ने वातावरण सिर्जना गर्न सकिन्छ । 
चालु आर्थिक बर्षमा शुक्लागण्डकीले नगरमा पर्यटकीय सम्भावना बोकेका क्षेत्रको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने भन्दै पर्यटन पुर्वधार निर्माणमा ५४ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरभित्रका पर्यटकिय एवंम धार्मिक सम्भावानको उजागर गर्न  १२ वटा योजनाका लागी  बजेट विनियोजन गरेको हो । वडा नम्बर ८ मा रहेको रक गार्डेन व्यवस्थापनमा ५ लाख र  शुक्लागण्डकी ७ मा रहेको रक गार्डेनको गुरुयोजना तयार पार्न ३ लाख बजेट विनियोजन भएको छ । यति बजेट पर्याप्त नहुने देखिन्छ । कनिका छरेजस्तै वितरित बजेटभन्दा हरेक बर्ष योजना बनाएर प्राथमिताको आधरमा एक स्थानलाई अधिकतम बजेट छुट्याएको खण्डमा पर्यटन प्रर्बद्धनमा योगदान पुग्छ । रक गार्डेनलाई व्यवस्थित बनाउन गुरुयोजना बनाएर लाग्न जरुरी छ । सहज सडक सञ्जाल भएको कारण रकगार्डेनमा पोखरा घुम्न आएका केही प्रतिशत पर्यटकलाई मात्रै पु¥याउन सकेपनी  प्रर्बद्धन हुने निश्चितप्राय छ  ।  

 

नदीको वहाबले बनेको रक गार्डेन 

 

 


 सुटिङ हब बन्दै ‘रक गार्डेन’


रक गार्डेन पछिल्लो समय सुटिङ हबका रुपमा बिकसित हुदैँ गएको छ ।  भिडियो छायांकनका लागी निर्देशक, निर्माता एवंम कोरियोग्राफरहरु फ्रेश लोकेसन खोज्ने गर्दछन् । रक गाार्डेनलाई पनि उनिहरुले फ्रेश र उत्कृष्ट लोकेसनको रुपमा रोज्न थालेसँगै सुटिङ हबको रुपमा बिकासित हुन थालेको हो ।  चट्टानमा प्राकृतिक रुपमा कुदिएको ढुंगाको आकृती अन्त कतै नभएकाले यहाँको दृश्य कैद गर्न आउने गरेको निर्देशक एवंम कोरियाग्राफरहरु बताउछन् । नदीको दुई किनारतर्फ चट्टानले बनेको गार्डेन र बिचमा खोंचमा बगिरहेको सेती नदीको दृश्य मनमोहक देखिने कारण पनि धेरैको रोजाई बनेको छ । रक गार्डेनमा विशेष गरेर नेपाली लोकदोहोरी, आधुनिक गीतका भिडियो छायांकन गर्ने गरिन्छ ।  


पोखरा र यस आसपासका क्षेत्रमा छायांकन हुने अधिकांश चलचित्रको गीतको भिडियोमा पनि रक गार्डेनको मनोरम दृश्यलाई समावेश गरेको पाइन्छ । रक गार्डेनमा पछिल्लो समय आन्तरिक पर्यटक बढ्न थालेका छन् । चट्टाने बगैचामा सेतीले गुन्जाएको कलकल धुनमा रमाउदै सेल्फी लिन चाहानेहरु रकगार्डेनमा भेटिन्छन् । बिशेष गरी तनहुँकै प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिर दर्शन गरेर फर्किएका भक्तजनहरु रक गार्डेनमा आएर रम्ने गर्दछन् ।  

पुर्ण कुमार श्रेष्ठ
अध्यक्ष–शुक्लागण्डकी पर्यटन प्रर्बद्धन परिषद, तनहुँ


रकगार्डेनलाई पर्यटकिय गन्तव्य बनाउने सम्भावाना के छ ?


धन्यवाद । अहिले राष्ट्रको बिकास र सम्बृद्धीको मेरुदण्ड नै पर्यटन बनेको छ ।  स्थानिय सरकार, प्रादेशिक सरकार र केन्दि«य सरकारले पनि यसैलाई आत्मासाथ गरिरहेका छन् । शुक्लागण्डकी नगरपालिका पर्यटनको केन्द्रबिन्दु पोखरासँगै जोडिएकाले पनि पर्यटकिय सम्भावाना उच्च छ । शुक्लागण्डकीमा भुजिकोट भ्युटावर, शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाम, ढोरबारही मन्दिर, मिलेनियम ट्रेक, ऐतिहासिक ढोर दरबार, एसियाकै नौलो भनिएको मिलेनियम गुफा, फिरफिरे, जनकवि गोकुल जोशीको जन्मभुमि राईपुर, दगाम फिरफिरे लगायतका पर्यटकिय स्थल पर्दछन् । ति स्थलको अवलोकन गर्न बार्षिक हजारौ पर्यटक आइरहेका छन् । ति मध्ये हजारौँ पर्यटक रकगार्डेन पार हुदैँ आवतजावत गर्ने गर्दछन् । उनिहरुलाई रक गार्डेनमा भुलाउन सक्ने सम्भावाना छ । हामी अहिले पुर्वाधार निर्माणको क्रममा छौँ । पुर्वाधार निर्माण गरेर सकेपछि आन्तरिक र बाह्य पर्यटकले रकगार्डेन भरिभराउ देखिनेछ । 

 

रकगार्डेनलाई व्यवस्थित बनाउन केकस्ता पुर्वाधार तयार पार्नुभएको छ ?


यो क्षेत्रको अति महत्वपुर्ण पर्यटकिय स्थलका रुपमा बिकास गर्ने शिलशिलामा हामी लागीरहेका छौँ । फुलको बगैँचाबारे प्रायलाइ जानकारी नै छ । घुमेका पनि छन् ।  तर रक गार्डेन (ढुंगाको बगैचा) भन्ने वित्तिकै फरक सुनिन्छ । के होला भनेर धैरैलाई खुल्दुली लाग्छ । रकगार्डेनमा सदियौ बर्षदेखि सेती नदीले खियाएर चरा, मान्छे, जनावार, भग्वानको आकृती बनेका भएका ढुंगाहरु छन् । यसैलाई बगैँचाको रुपमा बिकास गरिएको हो । यसलाई हेर्न आउने आन्तरिक एवंम बाह्य पर्यटकलाई भित्र्याउने योजनाअनुरुप शुक्लागण्डकी –८ तर्फ ३ सय मिटरको फुटट्रयाक निर्माण गरिसकिएको छ । रकगार्डेनको पनि आर्कषण केन्द्रविन्दु रहेको मितवुबा नामकरण गरिएको ठुलो ढुंगामा ट्रष्ट निर्माण गरिएको छ । ढुंगामा निर्मित ट्रष्टमा पुग्न भ¥ञ्याङ राखिएको छ भने चौघेरो रेलिङले घेरिएको छ ।  त्यहाँ पुगेर नदीको वहाव, रकगार्डेन परिसरको वातावतरण नियाल्न सकिन्छ । अझ हामीले पर्यटकलाई आर्कषित गर्ने गरी वडा नम्बर ४ तर्फपनि ३ सय मिटर फुटट्रयाक निर्माण गरेर दुवैतर्फ रेलिङले घेर्ने योजनामा छौँ । रकगार्डेनमा प्रवेशद्धारा निर्माण गदैर्छौँ । प्रर्बद्धन र बिकासका लागी समिति निरन्तर लागेको छ । धेरैभन्दा धेरै पर्यटकलाई रकगार्डेन देखाउने र भएको आम्दानी यहीँको पुर्वाधार बिकासमा खर्चिने योजना छ । 

यहाँको सम्भावनालाई उजागर गर्न कसरी प्रचारप्रसार गर्नुहुन्छ ?


रकगार्डेनको प्रचारप्रसारको क्रममा हामी पर्यटन बोर्ड पोखरासम्म पुगेका थियौँ । पर्यटन बोर्डले पुर्वाधार निर्माणका गर्नका जोड दिएको थियो । अहिले हामी पुर्वाधार निर्माणसँगै लागी प्रचारप्रसारमै छौँ । स्थानिय सञ्चारमाध्यम, मेला महोत्सवमा पनि रकगार्डेनलाई चिनाउने काम भइरहेको छ । बजेट अभावले सोचेजस्तो  गरी काम गर्न नसकेको पनि निरन्तरता भने पाएकै छ । ढिलो चाँडो तिनै तहको सरकारसँग हातेमालो गरेर रकगार्डेनलाई शुक्लागण्डकीकै परिचय बनाउने लक्ष्य छ । त्यसछि धैरै भन्दा धेरै पर्यटक रक गार्डेन अवलोकनका लागी आउने वातावरण सिर्जना हुन्छ । 
 

प्रतिकृया दिनुहोस