• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
  • 05:00:55
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTDifferent songs

महिमाको महायज्ञमा २ करोड ५३ लाख संकलन

भजनमा छमछमी नाच्दै महायज्ञमा सहभागी भक्तजन

दुलेगौँडा(तनहुँ), कार्तिक १४ । स्याङजाको मग्याम चिसापानीमा आयोजित श्रीमद् भागवत महापुराण सप्ताहा ज्ञान महायज्ञ एवंम शैक्षिक महोत्सव सकिएको छ । महिमा मावीले प्राविधिक शिक्षा सहितको बहुमुखी क्याम्पस सञ्चालनार्थ महायज्ञ आयोजना गरेको हो । कार्तिक ५ गतेबाट शुरु महायज्ञमा कुल २ करोड ५३ लाख ७० हजार ८ सय ५८ रुपैयाँ संकलन भएको महायज्ञका प्रवक्ता प्रकाश पाध्य (नारयण)ले जानकारी दिए । ४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको थियो । महायज्ञ सकिएपनि रकम संकलनको क्रम जारी रहेको छ ।  

पाध्यका अनुसार ३० लाख ७८ हजार ५ सय ४६ रुपैयाँ खर्च हुदाँ २ करोड २२ लाख ९२ हजार ३ सय १२ बचत भएको छ । संस्थातर्फ सबैभन्दा धेरै हरिनास गाउँपालिकाले २१ लाख रुपैयाँ प्रदान गरेको विद्यालयले जनाएको छ । यस्तै व्यक्तिगततर्फ हरिनास–२ गुर्जाका सुवेदार मदन थापाले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ दिएका थिए । 

संकलित रकम स्थानियस्तरमा उच्च शिक्षाको सुनिश्चितता गरी प्राविधिक शिक्षा सञ्चालनमा खर्चिने महायज्ञ संयोजक एवंम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरनाथ लम्सालले बताए । ‘बेरोजगारी न्युनीकरण गर्दै बढ्दो बसाईसराई रोक्न प्राविधिक शिक्षालाई प्राथमिकता दिएका हौँ’, लम्सालले भने । प्राविधिक शिक्षातर्फ वाली विज्ञान बिषयलाई प्राथमिकता दिइएको छ ।  उच्च शिक्षा अध्ययन गर्न मग्याम चिसापानीबासी सदरमुकाम स्याङजा बजार, दुलेगौडा, पोखरा र काठमाडौं जाने गरेका छन् । 


समापनको अवसरमा बोल्दै नेपाली कांग्रेसका महासमिति सदस्य राजु थापाले शिक्षाको बिकास बिना राष्ट्रको बिकास सम्भव नरहेको बताए । सरकारले शैक्षिक बजेटलाई बढाएर शैक्षिक प्रणालीमा सुधार्नु गर्नुपर्ने उनको भनाई छ । ‘अहिलेको शिक्षा प्रणालीलाई सुधार गरी प्राविधिक शिक्षा प्रदान गर्न सके नेपाल विश्वका विभिन्न मुलुकका विद्यार्थीको रोजाई बन्नेछ’, थापाले भने । विज्ञानसँग सम्बन्धित हिन्दु धर्मको चौतर्फी आक्रमण भएकाले संरक्षण गर्नुपर्ने थापाको तर्क छ ।


महायज्ञमा प्रमुख वाचक वाचन प्रविण दिनबन्धु पोखरेल र  सहवाचक संकल्पकर्ता धुर्वशरण बस्यालले संगीतमय कथा प्रवचन गरेका थिए ।  
 

प्रतिकृया दिनुहोस