• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
  • 11:09:05
  • ON AIR
  • UP NEXT

मुलुकलाई सम्बृद्ध बनाउन आत्मानिर्भर बन्नुपर्छ : मन्त्री गुरुङ

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ

दुलेगौँडा, कात्तिक १५ ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आत्मनिर्भर बनेर मुलकलाई सम्बृद्ध बनाउनुपर्ने बताएका छन् । भिमादको अरौदीमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले छिमेकी मुलुकसँग सहयोग मागेर सम्बृद्धी सम्भव नहुने उल्लेख गरे । ‘मुलुकलाई सम्बृद्ध बनाउन जनताले कर तिनुपर्छ’, उनले भने, ‘सरकारको आम्दानीको स्रोत भनेकै कर हो । हामीले जति कर तिर्छौ, त्यसैको आधारमा बजेटको आकार तय हुन्छ । तसर्थ जनताले कर तिनुपर्छ भन्ने बुझ्न जरुरी छ ।’ जनताले तिरेको कर नै बिकासको आधार भएको उनको भनाई छ ।

संघ र प्रदेशको अनुदानको भरमा नभई स्थानिय तहले आफ्नै स्रोत र साधन पहिचान गरी सञ्चालन गर्नुपर्ने उनको भनाई थियो । गण्डकी प्रदेश सरकारले ५ बर्षमा प्रदेशका हरेक घरधुरीलाई उज्यालो बनाउन लागी परेको मन्त्री गुरुङले बताए । ‘कुहिएका काठका पोललाई हटाएर स्टिल पोल राख्ने अभियानमा प्रदेश सरकार लागेको छ’, उनले भने । 


भिमाद ८ का वडा अध्यक्ष बुद्धीमान श्रेष्ठले मन्त्री गुरुङसमक्ष जनताको सहजताको लागी पुर्वाधार बिकास, सडकको स्तरउन्नती, कृषि, सिँचाई, क्याङदी नदीमा तटबन्ध निर्माण, भिमाद र शुक्लागण्डकी जोडेने सेती नदीमा निर्माणधिन पुलको निर्माणमा पहल गरिदिन आग्रह गरे । 
 

प्रतिकृया दिनुहोस