• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
  • 04:22:08
  • ON AIR Your Choice
  • UP NEXTShuklagandaki Samachar (Local)

रहेनन् मानवअधिकारकर्मी पद्मरत्न तुलाधर

काठमाडौं १८ कात्तिक, । मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ ।

उनको ७७ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको अस्पताल स्रोतले अनलाइनखबरलाई बतायो । 

स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएपछि अस्पताल लगिएको थियो ।

तुलाधरमा मुटुको समस्या पनि थियो । मुुटुको धमनीमा अवरोध भएपछि एन्जियोप्लास्टि गरेर स्टेन्ट प्रत्यारोपण गरिएको थियो ।

त्यस्तै उच्च रक्तचाप र मधुमेहको समस्याबाट पनि पीडित उनमा पछिल्लो समय फोक्सोमा पनि समस्या देखिएको थियो ।

मष्तिस्कघात भएर कात्तिक ९ गते अन्नपूर्ण न्युरो अस्पताल भर्ना भएका उनलाई मृगौलाले काम गर्न छाडेपछि ५ दिनअघि नर्भिक अस्पताल लगिएको थियो । नर्भिकमा दुई तीन पटक डायलासिस गरिएको थियो ।

नर्भिकमा डा. पंकज जलान, डा. रमेश चोखानी डा. यादव भट्टलगायतको चिकित्सकको टिमले तुलाधरको स्वास्थ्य जाँच गरेको थियो ।
आइतबार मुटु र फोक्सोले पनि काम गर्न छाडेपछि उनको निधन भएको अस्पतालले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार तुलाधरको शव अस्पतालबाट निजी निवास लैजान लागिएको छ ।

प्रतिकृया दिनुहोस