• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
  • 08:36:03
  • ON AIR Different songs
  • UP NEXTBBC Nepali Sewa Saj Pakha

शुक्लागण्डकीको वैशाखेघाटमा सहकारीको एग्रो प्रा.लि.

दुलेगौडा, २० कार्तीक । शुक्लागण्डकीमा स्थापित शुक्ला कृषि पर्यटन सहकारीले सञ्चालन गर्न लागेको वैशाखेघाट एग्रो प्रा.लि. को शिलान्यास गरिएको छ । शुक्लागण्डकी–१० मा निर्माण गर्न लागिएको सो एग्रोको समाजसेवी हिमलाल सिग्देलले सोमवार एक कार्यक्रमकाबीच शिलान्यास गरे । 


सहकारीका अध्यक्ष मुक्ति सिग्देलले सहकारीबाट ऋण लिई १० जनाले सो फार्म सञ्चालन गर्न लागेको जानकारी दिए । हामीले ऋण प्रदान गरेका छौं, उहाँहरुले निर्माण गरि उत्पादन गर्नुहुन्छ उनले भने–उत्पादित दुघको हामीलेनै जिम्मा लिई विक्रि गर्नेछौं । बजारिकरणको समस्या नभएपछि कृषकहरुलाई उत्पादन गर्न समेत हौसला मिल्ने सिग्देलले विश्वास गरे । 
करिव २ करोडको लगानी रहने सो एग्रो फार्ममा शुरुको चरणमा १ सय वटा उन्नत जातका भैसी रहने छन् । फार्मको क्षमता १ सय ५० भैसीको रहने छ । तिहारपछि निर्माणको काम शुरु भई करिव डेढ महिनामा सक्ने लक्ष्य रहेको अध्यक्ष सिग्देलले जानकारी दिए । दुघसँगै यहाँ माछा, बंगुर, लोकल कुखुरा र हास उत्पादन गरिने सहकारीले जनाएको छ । 


बाझा रहेका खेतीयोग्य भुमिमा खेती गर्न प्रोत्साहन गर्ने अध्यक्ष सिग्देलले दाबी गरे । उनले भने ‘कृषकलाई विमादेखि आवश्यक सामाग्री हामी उपलब्ध गराउछौं, र उत्पादित बस्तुहरु संकलन गरि हामी आफै विक्रि गर्नेछौं ।’  यसले गर्दा उत्पादन गर्ने कृषकको मुल्य विचौलियाले खान नपाउने सिग्देलले जिकिर गरे । खेती शुरु हुनुपूर्व हावापानी र माटो परिक्षण गरिने सहकारीले जनाएको छ ।


सहकारीका सचिव कमल सिग्देलले सहकारीले ल्याएको योजनाले शुक्लागण्डकी नगरपालिकालाई तरकारी, मासु र खाद्यान्नमा आत्मनिर्भर बनाउने र गाउँ र शहरबीच भएको फरकलाई समेत न्यूनिकरणमा सहयोग पुग्ने उल्लेख गरे । सहकारीले मौरी, पशुपंक्षीपालनमा ३५ प्रतिशत, डेरी उद्योग, दाना उद्योग, बीउजिन, औषधीमा कुल लगानीको ३५ प्रतिशत पर्यटनमा १५, तरकारी, फलफूल, नगदेवालीमा १० प्रतिशत र अन्यमा ५ प्रतिशत लगानी गर्ने जनाएको छ । 


स्थापित फार्मले कृषिमा आधारित ‘एग्रो टुरिजम’ मा समेत सहयोग पुग्ने सहकारीको विश्वास छ ।  स्थापनाको छोटो समयमै धेरै सदस्य आवद्ध रहेको सो सहकारीमा हाल १ हजार ५ शेयर सदस्य छन । सहकारीमा करिव ७ करोड रुपैया शेयर पूँजी रहेको छ । सहकारीगत असारमा उद्घाटन गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस