• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
  • 06:36:26
  • ON AIR Anjana Swostha Jivan
  • UP NEXTShuklagandaki Samachar

३ करोड लगानीमा दुलेगौडामा ह्वाइट हाउस पार्टी प्यालेस

दुलेगौडा, २० कार्तीक  । तनहुँको शुक्लागण्डकी–४ दुलेगौडामा ह्वाइट हाउस पार्टी प्यालेस सञ्चालनमा आएको छ । पोखराको सृजनाचोकमा रहेको ह्वाइट हाउसको शाखाको रुपमा सो पार्टी प्यालेस सञ्चालन गरिएको हो । 


गत मंसिरमा निर्माण कार्य शुरु गरिएको पार्टी प्यालेस हालै सम्पन्न भई सञ्चालनमा ल्याइएको सञ्चालक मध्यका एक विकास श्रेष्ठले जानकारी दिए । पार्टी प्यालेसमा कुल ३ करोड रुपैया लगानी भएको छ । 


यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरुको साँझेदारीमा पार्टी प्यालेस सञ्चालन गरिएको श्रेष्ठले बताए । पोखराको लामो अनुभवलाई परिस्कृत गर्दै सञ्चालनमा ल्याइएकोे उनले बताए ।  ‘व्यवस्थित र स्तरीय पार्टी प्यालेसले अहिलेको समयको मागलाई पुरा गर्छ उनले भने–‘समाज घर र विभिन्न स्थानमा वैवाहिक तथा विभिन्न कार्यक्रम गर्ने बाध्यता अब अन्त्य हुनेछ ।’   
करिव ४ रोपनी क्षेत्रफलमा रहेको प्यालेसमा प्र्रशस्त पार्किङ सुविधा, एयर कण्डिसन कन्फेरेन्स हल, रेष्टुरेन्ट एण्ड  बारसहित विवाह, ब्रतबन्ध, सेमिनार तथा इन्डोर आउटडोर क्याटरिङको सुविधा समेत रहेको अर्का सञ्चालक पूर्ण कुमार श्रेष्ठले बताए । पार्टी प्यालेसमा २ वटा ठूला हल रहेका छन् । सोहि पार्टी प्यालेस अन्तर्गत थकाली भान्छा र नेवारी खाजा समेत सञ्चालन गरिएको छ । 
 

प्रतिकृया दिनुहोस