• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
  • 01:41:33
  • ON AIR
  • UP NEXTBhakti Darshan

वक्तृत्वकलामा पञ्चमुनिदेवका अनिस प्रथम

दुलेगौँडा, १ मंसिर । शुक्लागण्डकी नगरस्तरिय अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा  पञ्चमुनि देव मावि, दुलेगौँडाका आनिस भट्टराई प्रथम भएका छन् । 
शुभकामना बहुउद्धेश्यीय सहकारी संस्थाले  शुभकामना विद्यार्थीसँग अन्तर्गत शुक्रवार दुलेगौंडामा आयोजना गरेको ‘दिगो आर्थिक बिकासमा सहकारीकोे भुमिका’ विषयक वक्तृत्वकलामा भट्टराई प्रथम हुन सफल भएका हुन् । 


प्रथमसँगै उनले नगद दश हजार रुपैयाँ र प्रमाणपत्र पाए । गाउँफर्कोदय माविकी  अनुपा पौडेल द्धितीय भइन् । जनकल्याण माविकी सुरक्षा पौडेल तृतीय र माउण्ट अन्नपुर्ण बोर्डिङ स्कुलकी अस्मिता चापागाई र  सुर्योदय आवासीय माविका सितल गिरी सान्त्वना भएको सहकारीले जनाएको छ । उनीहरुले क्रमशः नगद सात हजार, पाँच हजार र तीन हजार रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गरे ।


प्रतियोगितामा विभिन्न विद्यालयका ८ जनाले सहभागिता जनाएका थिए । विजेता विद्यार्थीलाई शुक्लागण्डकी – ४ का अध्यक्ष शिवकुमार श्रेष्ठ र शहकारीका अध्यक्ष ऋषिबहादुर बस्नेतले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा शहकारीका प्रबन्धक मुर्तिमंगल रिमाल, शिक्षा समिति संयोजक  शारदा वाग्ले, सचिव बिष्णु प्रसाद गौतम लगायतले बोलेका थिए । सहकारीले आफ्नो वार्षिक कार्यतालिका अनुसार सो कार्यक्रम गरेको हो ।
 

प्रतिकृया दिनुहोस