• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
  • 09:34:05
  • ON AIR Gam Besika Bhaka
  • UP NEXTShuklagandaki Samachar

योगा प्रशिक्षक प्रशिक्षण शुरु

दुलेगौंडा, ५ मंसिर
शुक्लेश्वर बैजनाथ बोलबम समुहको आयोजनामा दुलेगौंडामा योगा प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । बुधवारबाट शुरु तालिम १ सय १० घन्टाको हुने बोलबम समुहका सचिव ऋतु भुवाईले जानकारी दिए । गरौं योग ,बनौं निरोग भन्ने मुल नाराका साथ शुरु प्रशिक्षणमा  योग गुरु खुमानन्द ज्ञवालीले सहजिकरण गर्ने छन् । तालिममा ४० जनाको सहभागिता रहेको छ ।
दैनिक रुपमा विहान ५ बजेदेखि विहान ७ः३० बजे कार्यक्रम सञ्चालन हुने छ । ‘विद्यालय तथा अन्य संस्थाहरुमा योग गुरु उत्पादन गरि आफै प्रशिक्षण दिन सकुन भन्ने हाम्रोे उदेश्य हो, भुवाईले भने–आशा छ, सहभागि उत्साहजनक रहने छ ।’ 

प्रतिकृया दिनुहोस