• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
  • 07:33:16
  • ON AIR Sukhad Bihani
  • UP NEXTNepal Chautari

मिस वल्र्डको प्रतिस्पर्धाको भोटिङमा नेपाली श्रृंखला धेरै अगाडि

दुलेगौंडा, ६ मंसिर । मिस वल्र्ड २०१८’ मा नेपालको प्रतिनिधित्व गर्ने ‘मिस नेपाल २०१८’ की शृंखला खतिवडाले उपाधि जित्नसक्ने सम्भावना देखाएकी छन् ।  चीनको सान्या सहरमा जारी १ सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा उनी उत्कृष्ट ३० मा छनोट हुँदै  अन्तिम चरणमा प्रवेश गर्न सफल भएकी हुन् । 

उनी भोटिङमा अरु प्रतियोगी भन्दा निकै अगाडि देखिएकी छन् । समाचार तयार पार्दासम्म उनी २९.५५ प्रतिशत भोट प्राप्त गर्दै सबैभन्दा अगाडि देखिएकी हुन् । भोटिङमा उनको प्रतिद्धन्दीको रुपमा फिलिपिन्सकी क्याटरिना रोद्रिकेज र तेस्रो स्थानमा फ्रान्सकी मेभा कोके देखिएका छन् । यी दुबैकोले क्रमश ८.६४ प्रतिशत र ७.४२ प्रतिशत भोट प्राप्त गरेका छन् । 

मिस वल्र्डका लागि खुला गरिएको भोटका आधारमा उनी पहिलो नम्बरमा छिन् । मिस वल्र्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी हुन् । पेसाले इन्जिनियर २२ वर्षे शृंखला एसियाबाट सबैभन्दा प्रभावशाली सावित भएकी छन् । काउन्ट डाउन सुरु भइसकेको मिस वल्र्डको अन्तिम प्रतिस्र्पधा डिसेम्बर ८ मा चीनको सान्या सहरमा हुँदैछ । रातोपाटीबाट साभार ।

प्रतिकृया दिनुहोस