• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
  • 12:36:17
  • ON AIR Pop Zone
  • UP NEXTSangit Darpan

बालविद्यामा खेलकुद सप्ताह सम्पन्न

दुलेगौंडा, २ पुष । बालविद्या मन्दिर मावि शुक्लागण्डकी–४ तनहुँमा सप्ताहव्यापी खेलकुद कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको वार्षिक तालिका अनुसार मंसिर २३ गतेदेखि अन्तरसदनात्मक प्रतिष्पर्धा गराइएको विद्यालयले जनाएको छ ।


प्रतियोगितामा भलिवल, फुटबल, बास्केटबल, कबड्डी, रिले, म्यूजिकल चेयर घैटो फुटाई, मिठाई दौड लगायत समावेश गरिएको विद्यालयका प्रिन्सीपल एक बहादुर गुरुङले जानकारी दिए । विद्यालयले अध्ययनसँगै अतिरिक्त क्रियाकलपालाई पनि प्राथमकिता दिदै आएको छ ।  

 

प्रतिकृया दिनुहोस