• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
  • 05:21:52
  • ON AIR Bhakti Darshan
  • UP NEXTShuklagandaki Samachar

पतञ्जली योग समिति शुक्लागण्डकी गठन

दुलेगौँडा,  ९ पुस  । शुक्लेश्वर बैजनाथ बोलबम समुहले पतञ्जली योग समिति, नेपालको समन्वयमा आयोजना गरेको १ सय १० घण्टे सह–योग प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणमा २६ जना सहभागी थिए । 


शनिबार दुलेगौँडमा भएको समापनमा पतञ्जलीका गण्डकी प्रदेशप्रमुख दिपकराज सिग्देल र प्रमुख प्रशिक्षक खुमानन्द ज्ञवालीले योग स्वास्थ्यका लागी महत्वपुर्ण भएकाले निरन्तरता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा पतञ्जलीका गण्डकी प्रदेशप्रमुख दिपकराज सिग्देल, प्रमुख प्रशिक्षक खुमानन्द ज्ञवाली, प्रशिक्षकहरु विश्वमणी तिवारी, तिर्थराज अधिकारी, उषा गोशाली, जिल्ला संयोजक शिवराज काफ्ले, प्रदेश सदस्य द्धारिका श्रेष्ठलाई सम्मान गरिएको थियो । मंसिर ५ गतेदेखी प्रशिक्षण सुरु  भएको थियो ।


सोहि अवसरमा दिपक श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय पतञ्जली योग समिति शुक्लागण्डकी गठन गरिएको छ । समिति उपाध्यक्षमा पार्वती पौडेल, सचिवमा नविन श्रेष्ठ, कोषाध्यक्षमा तिर्थराज गर्तौला छन् ।  सदस्यमा मिलन पौडेल, सकिला शाही, सन्दिप श्रेष्ठ छन् । जिल्लामा गठन  गर्ने समितिका लागी शुक्लागण्डकीका ३ जना प्रतिनिधी छन् । प्रतिनिधीमा सन्तोष केसी, रमानन्द शाह, पार्वती पौडेलले रहेका छन् ।


यस्तै जिल्ला गठनका लागि शुक्लागण्डकी नगरपालिकाबाट ऋषेश्वर भुवाई (ऋतु) संयोजक बनेका छन् । सदस्यमा शुक्लागण्डकीका मदन श्रेष्ठ, नविन श्रेष्ठ छन् । जिल्लाका अन्य स्थानिय तहबाट थप गरेर समितिलाई  पूर्णता दिईने जनाईएको छ । जिल्ला महिला समितिका लागी समेत मायादेवी पौडेल र निर्मला पुनलाई शुक्लागण्डीबाट सिफारिस गरिएको छ । 
 

प्रतिकृया दिनुहोस