• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
  • 12:34:02
  • ON AIR Your Choice
  • UP NEXTSangit Darpan

पर्यटन मन्त्री अधिकारीले विहान १० बजे पत्रकार सम्मेलन गर्दै

दुलेगौंडा, २३ पुष । संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री अधिकारीले नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदको विषयमा आज पत्रकार सम्मेलन गर्दैछन् ।  
मन्त्री अधिकारीले सोमबार बिहान १० बजे मन्त्रालयमै पत्रकार सम्मेलन गर्ने तयारी रहेको बताइएको छ । पत्रकार सम्मेलनमा सचिवसहित सम्बद्ध अधिकारी सभागी हुने मन्त्रालयले जनाएको छ।

वाइडबडी खरिदमा अनियमितता भएको र उक्त अनियमिततामा मन्त्री अधिकारीपनि संलग्न रहेको भन्दै प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले निष्कर्ष निकालेपछि पहिलोपटक मन्त्री अधिकारीले औपचारिक कार्यक्रम गरेर बोल्न लागेका हुन्। 

वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारको विषयमा छानबिन गर्न बनेको समितिले मन्त्री अधिकारीसहितका पदाधिकारी संलग्न रहेको निष्कर्ष निकालेको थियो। यो निष्कर्ष सार्वजनिक भएपछि विवादमा तानिएका अधिकारीले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्न लागेका हुन्। 
 

प्रतिकृया दिनुहोस