• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
  • 02:58:14
  • ON AIR Different songs
  • UP NEXTNepal Khabar

खैरेनी माविको स्वर्ण महोत्सव सम्पन्न

तस्विरःविनोद ढुंगाना ।

दुलेगौंडा, ५  माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशमा विश्वविद्यालयको संख्या थोरै भयो भनेर विश्वविद्यालय थप्न नखोजेको प्रष्ट पारेका छन् । तनहुँको शुक्लागण्डकी– ६ खैरेनीटारस्थित खैरेनी माध्यमिक बिद्यालयको स्वर्ण महोत्सवको शुक्रवार समापन गर्दै उनले यस्तो बताएका हुन् । 


मुख्य मन्त्री गुरुङले अहिले चलिरहेको क्याम्पसले वर्तमान आवश्यकता अनुसार सञ्चालन हुन नसेकोको बताए । ‘विषयवस्तु, गुणस्तरीयता, व्यवस्थापन र अनसन्धानमुलक दृष्टिले हेर्दा विश्वविद्यालय राम्रा छैन् उनले भने, ‘त्यसैले गण्डी प्रदेशले प्राविधिक विश्वविद्यालय स्थापना गर्ने भनेको हो ।’  उनले यस प्रदेशमा पार्टीकरणको रोगबाट मुक्त व्यवसायिक विश्वविद्यालय बनाउन परिकल्पना गरेको सुनाए । ‘हामी अरु कुनै विश्वविद्यालय विरुद्ध आउन खोजेको होइन,  उनले अगाडी भने, ‘पुराना विश्वविद्यालयलाई प्रदेश मातहत ल्याई सञ्चालन गर्दा बिग्रेको कोटलाई फेरि मर्मत गर्नु सरह अप्ठ्यारो हुदो रहेछ ।’ उनले नेपालको शिक्षा प्रणालीले बेरोजगार उत्पादन गर्ने केन्द्र बनेको बताए ।  


संघीय सांसद केदार सिग्देल र प्रदेश सांसद आशा कोइरालाले प्राविधिक शिक्षा अहिलेको आवश्यकता रहेकोमा जोड दिए । सोहि अवसरमार वि.स. २०४७ सालका एसएलसी व्याजका पूर्व विद्यार्थीद्धारा निर्मित स्वर्णद्धार विद्यालयलाई हस्तान्तरण गरिएको छ ।  करिव ९ लाख रुपैयाको लागतमा सो स्वर्णद्धार निर्माण गरिएको पूर्व विद्यार्थी कमलमोहन घिमिरले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण बहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्य सचिव लक्ष्मीराम पौडेल, शुक्लागण्डकी नगरपालिका प्रमुख किशान गुरुङ्ग, नेकपाका खुम बहादुर विक, नेपाली कांग्रेसका शुक्लागण्डकी नगर उपसभापति केशवराज पौडेल, , पूर्व प्रधानाध्यापक प्रेम बहादुर थापा, शुक्लागण्डकी नगरपालिका शिक्षा प्रमुख नेपालहरी रानाभाट, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, पञ्चमुनिदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुव कुमार मल्ल, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम लामिछाने,, डाक्टर चन्द्र बहादुर थापा , पूर्व विद्यार्थी संगठनका अध्यक्ष बोधराज ढकाल, एस.एल.सी. समूह २०४७ का संयोजक हरि बहादुर थापा, सचिव उपेन्द्र तिम्सिना र कोषाध्यक्ष रबिन्द्रराज पौडेल, विद्यार्थीहरुको तर्फत्राट छात्र अभिषेक तिवारी, छात्रा संरचना सुवेदी र छात्र बिक्रम विक शिक्षक रामचन्द्र बगाले लगायतले गुणस्तरी र व्यवहारिक शिक्षामा जोड दिएका थिए । विद्यार्थीले निर्माण गरेका विभिन्न शैक्षिक सामग्रीको मुख्य मन्त्री गुरुङले अवलोकन गरेका थिए ।विद्यालयका प्रधानाध्यापक केशवराज घिमिरले वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । विद्यालयमा हाल कक्षा १२ सम्म ९ सय २६ विद्यार्थी अध्ययनरत छन् । 


बुधवार शुरु स्वर्ण महोत्सवमा पहिलो दिन निशुल्क स्वास्थ्य शिविर र प्रभातफेरि र बिहीबार  पूर्व विद्यार्थीबिच पुर्नमिलन र सांगीतिक कार्यक्रम गरिएको थियो । सोहि अवसरमा वडा नं. ६ का सदस्य समेत रहेका बुद्धि बहादुर थापाले १ लाख ११ हजार १ सय ११, प्रधानाध्यापक केशवराज घिमिरेले बुबा इश्वरी घिमिरेको नाममा १ लाख २ हजार र हरिराज घिरिलेले १लाख १ हजार १ सय ५ रुपैयाको अक्षय कोष स्थापना गरेका छन् । 
 

प्रतिकृया दिनुहोस