• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
  • 09:13:19
  • ON AIR BBC Nepali Sewa Saj Pakha
  • UP NEXTshruti Sambeg

स्वास्थ्य शिक्षा अनिवार्य की ऐच्छिक

लेखकः प्रकाश पौडेल

नेपालको शिक्षा प्रणाली समय अनुसार परिवर्तन भै रहेको छ । र राज्यका यस्ता निती निमार्ण तहमा पुगेका उच्च र शिक्षीत वर्गका माननीयहरुले आफुले जाने बुझे सम्म समय अनुसारको आधुनीक शिक्षा प्रणाली ल्याउन प्रयास गरीरहेकै छन । अहिले कक्षा ११ र १२ को नयाँ पाठयक्रम जिवन उपयोगी बनाउने भन्दै धेरै हेरफेर गरीदै छ ।  र यसको आवस्यकता रहेको पनि पक्कै औल्याएकै छन । 
हाम्रो देशमा कक्षा १ देखी कक्षा ९,१० सम्म साथै उच्च शिक्षा अध्ययन सम्म  पनि अनिवार्य नेपाली, गणीत, विज्ञान जस्ता विषय अनिवार्य पढाइन्छ जसको कुनै खास विद्यार्थी बाहेक अन्य धेरैलाई यो उपयोग भएको कमै मात्रमा पाइन्छ । यी नेपाली, अंग्रेजी विज्ञान जस्ता विषयले विद्यार्थीहरुलाई एकदमै फाइदा पुरयायका छन तर यी विषयहरु ले प्रत्येक मानिसलाई दक्ष र ब्यावहारीक बनाएका छैन्न । किनभने यी सबै अनिवार्य विषय हाम्रो दैनीक जिवनमा त्यती साह्रै आवस्यक र नभै नहुने चाँही छैन्न । यस्को मतलव यी शिक्षाको कमीले समान्य मानिसको जिवनलाई खासै अपठ्यारो पार्दैन तर अनिवार्य स्वास्थ्य शिक्षाको कमिले चाहीं अत्यन्तै प्रभाव र असर पारीरहेको हामी पाउंदछौ । हामीलाई हाम्रो भविष्य राम्रो बनाउन हामीलाई अनिवार्य नेपाली , अनिवार्य गणीत , अनिवार्य विज्ञान जस्तै अनिवार्य स्वास्थ्य शिक्षा पनि कक्षा १२ सम्म अनिवार्य गर्नु आवस्यक छ । किनभने स्वास्थ्य शिक्षाको कमीको कारण हामी धेरै जनाको जिवनमा एक न एक कमजोर अवस्थाहरु छन र हामी चाही सोचीरहेका छौ की यदी मलाई त्यो समयमा यो विषयमा थाहा भएको भए यो समस्या नै नआउने रहेछ । वा यो समस्या नै नआउने रहेछ भनि सोचिरहेका हुनछौ । हुन पनि हामीमा स्वास्थ्य शिक्षा भएको भए केही हद सम्म हामी हाम्रो खानपान देखी रहनसहन को अवस्थालाई सुधार गर्न चाही पक्कै सक्नेथियौ ।  

मानव सभ्यता संग समवन्धीत र आधारभुत कुराहरु  जस्तैः स्वास्थ्य शिक्षा, ाबmष्थि उबिललष्लन, यौन शिक्षा ,खाद्यान्न सम्वन्धी शिक्षा, विवाह पूर्वको तयारी एवं विवाह पछिको अवस्था , वातावरण सम्वन्धी शिक्षा जो मानिसहरुका लागी नभई हुदैन्न , तर यी विषय चाही अनिवार्य  पाढाइदैन । के यो विषय सबै विद्यार्थीहरुका लागी महत्वपूर्ण छैन र ? 
तपाईको लागी अनिवार्य स्वास्थ्य शिक्षा महत्वपूर्ण कि अनिवार्य नेपाली वा विज्ञान वा गणीत ? 
हामीहरुको धारणा फरक फरक आउन सक्छ, तर हामीलाई जती अनिवार्य नेपाली, विज्ञान, अंग्रेजी महत्वपूर्ण छ त्यो भन्दा बढी महत्वपूर्ण स्वास्थ्य विषय छ । 
कक्षा ११,१२ मा पढने विद्यार्थीले जुन सुकै विषय अध्ययान गरोस उसको लागी स्वास्थ्य विषय अनिवार्य हुनु आवस्यक छ ।  हरेक मानिसले आफनो उचित समयमा विवाह गर्दछन, बालबच्चा जन्मांउछन,साथै आफनो जिवनमा गर्नु पर्ने समपूर्ण कार्यहरु पनि हरेक मानिसले गरीरहेका हुन्छन । के स्वास्थ्य विषय पढ्ने हरुले मात्र विवाह गर्दछन र ? के स्वास्थ्य विषय पढ्नेहरुले मात्र बालबच्चा जन्माउंदछन र ? यसो होइन यो हरेक मानिसका लागी महत्वपूर्ण छ र हरेक मानिसलाई यो विषयमा राम्रो शिक्षा हुनु आवस्यक छ ।  कक्षा ११,१२ मा पढ्ने हरेक युवा युवतीहरुलाई खाद्यान्नको, ँबmष्थि एबिललष्लन को,बालबच्चाहरुलाई पालन पोषण सम्वन्धी, जन्मान्तरको बारेमा, साथै सन्तान जन्माउनका लागी उपयूत्त उमेर , समय र वातावरणको ज्ञान प्रत्येक लाई हुनु आवस्यक छ । किनकी अहिलेका सबै विद्यार्थी भोलीका बाबु र आमा हुन । 
 अझ भनौ असल असल आमा बाबु हुन  
 अनिवार्य   विज्ञानले केहीलाई बैज्ञानीक वनाउंछ होला तर त्यो बैज्ञानकिलाई पनि स्वास्थ्य शिक्षा आवस्यक पर्छ । उसको परिवारको लागी पनि उसमा स्वास्थ्यको राम्रो ज्ञान हुनु  आवस्यक छ । 
हाम्रो देशमा धेरै किशोर किशोरी एवं जवान हरु आफनो उपयूक्त उमेर नभई विवाह गर्दछन र  छिटै बच्चा बच्ची जन्माउंछन र जस बाट अनेकौं खालका स्वास्थ्य समस्याहरु आउंछन र  कतिको परिवारको बालबच्चा रोगी, कमजोर हुद्छन । साथै कतिलाई त बाल बच्चाको स्यारसुसार सम्वन्धी ज्ञान नै हुदैन भने कतिले एकले अर्का प्रतीको 
जिम्मेवार पनि बुझदैन्न ।  यसरी आ आफनो जिम्मेवार नबुझदा श्रीमान बाट श्रीमती साथै श्रीमती बाट श्रीमान पिडीत भएका धेरै घटना सुन्न देख्न पाइन्छ । यसरी परीवारमा दम्पतीहरुले आ आफनो जिम्मेवारीहरु नबुझदा हाम्रो नेपाली समाजमा धेरै महिलाहरु पुरुषको  दवावमा रहिरहनु परेको उदाहारण हरु खोज्न हामी टाढा जानु प्रर्दैन । र यस्कै उपज भनौ महिला हिसां , किन हुन्छ महिला हिसां ? किनभने पुरुषले आफनो जिम्मेवारी र दायीत्व बुझेको हुदैन । हरेक किशोर वा किशोरीले आफनो जिम्मेवारी बुझनै प्रदर्छ ।
  अझ यो स्वास्थ्य विषय चाही अरु विषय भन्दा फरक विषय बनाई हरेक विद्यार्थीले यो अरुलाई पनि सजिलै सिकाउन सक्ने हुनु प्रर्दछ । जसबाट त्यो परिवार पक्कै पनि स्वास्थ्यको क्षेत्रमा एक स्वतन्त्र, दक्ष र खुशी परिवार बन्न सक्छ । 
आफनो परिवार बारे भविष्य प्रतीको योजना बारे हरेक किशोर किशोरी हरु लाइ ज्ञान हुनु आवस्यक छ । 
बरु अनिवार्य विज्ञान पढेर सबै वैज्ञानीक बन्न सक्दैन्न तर अनिवार्य स्वास्थ्य शिक्षाले हाम्रो ब्यक्तीगत एवं पारीवारीक जीवन देखी सामाजीक जिवन पनि स्वास्थ्य र खुशि रहन मद्दत गर्दछ । 
स्वास्थ्य शिक्षा , ाबmष्थि उबिललष्लन, पोषणको ज्ञानको अभावले हाम्रो देशमा कति धेरै मानिसहरुले कष्टकर जिवन भोगीरहनु परेको छ । यो कुरा धेरैले महशुस गरीरहेकै विषय हो । अनिवार्य नेपाली, गणीत विज्ञान सबैका लागी सधै काम लागी रहने छैन्न तर अनिवाय स्वास्थ्य जिवन बाचुञ्जेल आवस्यक छ र चाहीन्छ पनि । 
हुनत यो पढाईका लागी धेरै खर्च लाग्ने भएकाले होला हाम्रा शिक्षा सल्लाहाकारहरुले यो विषयलाई पाठ्यक्रममा समेटन नचाहानु भएको तर  कक्षा १०,११,१२ का विद्यार्थीको कक्षामा ाबmष्थि उबिललष्लन, पोषण, परिवार नियोजन सम्वन्धी साधनहरुका बारेमा, बच्चा जन्माउने उचित समय , वातावरण का बारेमा, विवाह पछि श्रीमान र श्रीमतीको भुमीका को बारेमा पनि साधरण शिक्षा दिनका लागी कति धेरै खर्च  नै लाग्छ र ? 
हुनत यस विषयका स्वास्थ्य कर्मी एवं स्वास्थ्य विशेषज्ञहरुले भन्नुहोला ।  जवान किशोर किशोरीहरु यो जानकारी लिन स्वास्थ्य संस्था आउनु पर्छ । अथवा आउन सक्छन , त्यहां बाट सबै जानकारी पाईनछ नि । तर  
कक्षा ११,१२ मा  अंगे्रजी, नेपाली, विज्ञान जस्ता विषय अनिवार्य हुनु पर्ने तर स्वास्थ्य शिक्षा किन अनिवार्य नहुने ? किन नगराउने ?  
 

प्रतिकृया दिनुहोस