• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
  • 12:11:28
  • ON AIR
  • UP NEXTBhakti Darshan

बुगीवुगीकी फाइनलिस्ट प्रगति दुलेगौडामा (फोटो फिचर/भिडियो सहित)

दुलेगौडा, ९ साउन । एपिवान टेलिभिजनद्धारा आयोजित अन्तराष्ट्रिय फ्रेन्चाइज डान्स रियालिटी सो बुगीवुगीको ग्रान्ड फिनालेमा प्रवेश गरेकी तनहुँकी चेली प्रगति पुन दुलेगौडामा आफ्नो प्रस्तुती देखाउदै छिन् । 


बुगिवुगीका प्रतिनिधीसहित गृहजिल्ला आएकी हुन् ।  शुक्लागण्डकी– २ कोत्रे नर्सरीकी पुनले हजारौँ प्रतिष्पर्धीलाई पछाडी पार्दै  ग्रान्ड फिनाले सम्मको यात्रा तय गर्न सफल भएकी हुन् ।  ग्रान्ड फिनाले प्रवेशपछि गृहजिल्ला आएकी प्रगतिलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङको प्रमुख आतिथ्यतामा भव्य स्वागत गरिएको छ । कार्यक्रममा प्रदेश सांसद आशा कोइराला, शुक्लागण्डकीका विभिन्न वडाध्यक्षहरु, व्यवसायी, पत्रकार, शुभेच्छुक र परिवारको उपस्थिति रहेको सहकर्मी विनोद ढुंगानाले जानकारी दिए । 

लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनले विपिचोकमा आयोजना गरेको कार्यक्रममा स्वागतसँगै भोटको लागि  अपलि गरिने टाउनका अध्यक्ष प्रदिप थापाले बताए । 
‘कार्यक्रममा प्रगतीले आफ्नो फ्यानहरुको लागी नृत्य प्रस्तुत गरिरहेका छन् ।

उक्त कार्यक्रमको सहआयोजकमा शुक्लागण्डकी युवा क्लब रहेको छ । प्रगतिले जिल्लावासीसँग आफुलाई विजेता बनाउन भोट अपलि गरेकी छिन् । यस्तै उनको स्वागतका लागी दमौलीमा साँझ ५ बजे कार्यक्रम आयोजना गरिएको छ । 

 


 

प्रतिकृया दिनुहोस