• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
  • 06:50:31
  • ON AIR Anjana Swostha Jivan
  • UP NEXTShuklagandaki Samachar

वर्षायाममा ३० देखि ४० मेगावाट बिजुली बढी हुने

तीन वर्षअघिसम्म मध्यवर्षाकै समयमा पनि लोडसेडिङ हुन्थ्यो । तर, छोटो समयमै बर्षाको समयमा नै नेपालमा बिजुली बढी भएर खेर जाने अवस्था आएको छ । हाल देशभर लोडसेडिङ हटिसकेको छ । यो वर्षको मध्यवर्षामा रातको समयमा नेपालको ३०देखि ४० मेगावाट बिजुली खेर जाने अवस्था आएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार भारतसँग अघि बढाइएको ‘इनर्जी बैकिङ’मा सहमति भएको भए रातमा ४० मेगावाटसम्म बिजुली यो वर्षायामभरि भारतमा पठाउन सकिन्थ्यो । तर, इनर्जी बैंकिङमा सहमति जुटेर सरकारी स्तरमा सम्झौता हुन बाँकी छ ।


त्यसकारण नेपाललाई बढी हुने समय ९वर्षा० मा बिजुली भारत पठाउने प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङको योजना यो वर्ष सफल हुन सकेन ।

तर, छलफल अघि बढेकाले आगामी वर्षाबाट भारतमा बिजुली निकासी सुरु हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन् । भारतसँग इनर्जी बैकिङमा सहमति भएपछि अर्को वर्षबाट बर्षमा ठूलौ मात्रामा बिजुली भारत पठाउन सकिने अवस्था आउने उनले बताए ।

भारतबाट वर्षायाममा पिक आवर ९विहान र बेलुकी० मा २ सय मेगावाटसम्म बिजुली आयात हुन्छ । तर, मध्यरातको समयमा नेपालमा बिजुलीको माग ह्वात्तै घट्छ । यदि इनर्जी बैंकिङ सुरु भएको भए यसैवर्षबाट माग घटेको समयमा नेपालले बिजुली भारत पठाउन सक्ने अधिकारी बताउँछन् ।

अर्को वर्षको बर्खायामसम्म ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना पनि सञ्चालनमा आइसक्ने भएकाले ‘इनर्जी बैंकिङ’ अनिवार्य देखिएको उनको जिकीर छ । अनलाइनखबरबाट

प्रतिकृया दिनुहोस