• शनिबार १-८-२०८१/Saturday 04-20-2024
  • 02:43:22
  • ON AIR
  • UP NEXTBhakti Darshan

जिपी कोइराला उपचार केन्द्रलाइ प्रादेशिक अस्पताल बनाउन सञ्चालक समितिमा मतभेद

बिनोद ढुंगाना / राजन उपाध्याय

दुलेगौडा, साउन १७ । तनहुँको बेलचौतारामा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई प्रदेशस्तरीय अस्पताल बनाउन सञ्चालक समितिमा दुइमत देखिएको छ । सञ्चालक समितिका सदस्यमध्ये केहीले प्रदेश सरकार र केहिले केन्द्रिय  सरकारको मातहतमा सञ्चालन हुनुपर्ने बताएका छन् । बुधबार अस्पतालका नवआगन्तुक कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठको स्वागतका लागी आयोजित कार्यक्रममा फरक धारणा आएको हो । 


अस्पताल सञ्चालक समितिका कार्यवाहक अध्यक्ष राम कुमार भण्डारीले केन्द्रिय स्तरको अस्पताल भएकाले प्रादेशिक अस्पताल बनाउन जरुरी नभएको बताए । ‘प्रदेश सरकारले सम्भावनाका दृष्टिले अस्पताललाई सिफारिस गरेपनि केन्द्र सरकारकै मातहतमा रहन्छ’ स्वागत कार्यक्रममा उनले भने, ‘प्रदेश सरकारले सञ्चालन गर्ने अस्पताल र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको उदेश्य नै फरक भएकाले जरुरी देखिदैन्, प्रदेशलाई हस्तान्तरण गर्नेबारे नेपाली काङग्रेसले सहमति गर्दैन ।’ 
विशेषज्ञसहितको सेवा उपलब्ध गराएर यस क्षेत्रका सर्वसाधरण जनता उपचारका लागी पोखरा काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य हुने भण्डारीले दाबी गरे ।  ‘अस्पताल सञ्चालानर्थ जनशक्ति पर्याप्त भइसकेको छ’ उनले अगाडी थपे, आवश्यक उपकरणहरु सरकारसँग माग गरेका छौँ, ‘उपलब्ध हुनसाथ यसैबर्ष अस्पताललाइ ५० शैयाको बनाइनेछ ।’  

सञ्चालक समितिका सदस्य भण्डारीले ३ सय शैयाको अस्पताल, नर्सिङ कलेज, कर्मचारी आवास लगायतको बहुउद्देश्यीय भवन निर्माणको लागि केन्द्रिय सरकारबाट पहल भइरहेको उल्लेख गरे । तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणका क्रममा पनि अस्पताललाई सहयोगका लागि प्राथमिकतामा परेको थियो । भण्डारी काङग्रेस निकट हुन् । 


तर अर्का सञ्चालक समितिका सदस्य टिकाराम पंगेनीले भने सरकारले आवश्यकता ठाने प्रदेश सरकारलाई हस्तान्तरण गर्न सक्ने बताए । ‘अहिलेसम्म संघीय सरकार अन्तर्गत छ उनले भने–नयाँ संरचना अनुसार प्रदेश सरकारले आफ्नो मातहतमा ल्याउन सक्छ, यसलाई रोक्न सकिदैन ।’ उनले सरकारको निर्देशन अनुसार आफूहरु चल्ने प्रष्ट पारे । प्रदेश सरकारले बनाएको कार्यदलले सिफारिस गरि अगाडी बढे प्रदेश स्तरको अस्पताल बन्ने दाबी गरे । पंगेनी नेकपा  निकट हुन् ।  


प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले अस्पताललाई अन्तराष्ट्रियस्तरको बनाउनुपर्ने बताए ।  ‘अस्पतालको क्रमिक रुपमा बिकास हुन्छ’ उनले भने, सरकारले जिम्मा लिएपछि यसै छाड्दैन । प्रकृयागत ढंगले काम गर्दा केही ढिलाइ भएको हो ।’ अस्पताल विकासका लागी समुदाय सचेत बन्नुपर्ने र काम गर्न सहज वातावरण हुनुपर्नेमा शर्माको जोड थियो । सर्वसाधरणले अस्पतालबाट गुणस्तरिय सेवा पाउनुपर्ने उनको भनाइ थियो ।  

कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठ

कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठ


प्रध्यापक डाक्टर चन्द्र बहादुर थापाले समुदायले सरकारलाई जिम्मा दिएको अस्पतालको स्तरन्नोती हुन नसकेकोमा दुःख व्यक्त गरे । कार्यकारी निर्देशक श्रेष्ठले अस्पताललाई एक बर्षभित्र ५० शैयाको अस्पताल बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘प्रशासनिक कमजोरीलाइ सुधार गर्दै अस्पतालले दिने सेवाको गुणस्तरमा बृद्धि हुनेछ उनले भने ।’ आफुले चुनौतीसँगै अवसर ा पनि प्रशस्तै देखेको बताए । एमडिजिपी उतिर्ण श्रेष्ठ ११ औँ तहका चिकित्सक हुन् । दमौली घर भएका श्रेष्ठ यसअघि करिब २ बर्ष जिल्लाकै दमौली अस्पताल र बन्दीपुर अस्पतालमा कार्य गरिसकेका छन् ।

 
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको प्रधानमन्त्रीत्वकालमा दोस्रो जनआन्दोलनका कमाण्डर एवं पूर्व प्रधानमन्त्री स्व.गिरीजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रिय स्तरकै श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।११ सदस्यीय रहेको अस्पतालमा स्वास्थ्य सचिव अध्यक्ष रहने व्यवस्था छ भने सदस्य सचिव कार्यकारी निर्देशक रहने व्यवस्था छ । अन्य सदस्यहरुमा प्रमुख जिल्ला अधिकारी पदेन सदस्य, स्वास्थ्य, शिक्षा र अर्थ मन्त्रालयका एक एक सदस्य, नेपाली काङग्रेसबाट २, तत्कालीन एमाले र माओवादीबाट २÷२ सदस्य रहेका छन् । 
 

प्रतिकृया दिनुहोस