• मंगलबार २-८-२०८१/Tuesday 05-21-2024
  • 02:43:11
  • ON AIR Different songs
  • UP NEXTNepal Khabar

पाठ्यक्रममा नैतिक शिक्षा विषय समावेश गर्न नेविसंघ तनहुँको ध्यानाकर्षण

दुलेगौंडा, ४ बैशाख । नेपाल विद्यार्थी संघ तनहुँले तनहुँका स्थानीय तहहरुमा पाठ्यक्रममा नैतिक शिक्षा विषय समावेश गनै ध्यानाकर्षण गराएको छ ।  


नेपाल विद्यार्थी संघ तनहुँले शुक्लागण्डकी, भानु, भिमाद नगरपालिक,ा आबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा नैतिक शिक्षा बिषय लागु गर्नकालागि सोमवार ज्ञापन पत्र बुझाएको हो । विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधारका साथै आनी, बानी, रहन सहन र अनुशासन सुधारका निम्ति स्थानीय तहको पाठ्यक्रममा अनिवार्य रूपमा नैतिक शिक्षा विषय समावेश गर्न पहल गर्नुपर्ने आवश्यकता महशुस गरेकाले सबै पालिकामा नैतिक शिक्षा बिषय समाबेश गराउन पहल गर्नका निम्ति यो पत्र बुझाएको नेपाल विद्यार्थी संघ तनहुँका जिल्ला अध्यक्ष सुरज लम्सालले बताए ।

ज्ञापन पत्र बुझ्दै पालिका प्रमुखहरुले आफुहरुलाइ नैतिक शिक्षा को आवश्यकता पहिले नै महशुश भएको र नेपाल विद्यार्थी संघ तनहुँले ल्याएको कुरा धेरै राम्रो र ब्यबहारिक रहेको जानकारी दिए । साथै स्थानीय पाठ्यक्रममा शिक्षा शाखा सङ्ग आवश्यक परामर्श गरि लागू गर्ने कुरामा सकारात्मक रहेको समेत प्रतिक्रिया दिए । बाँकी पालिकामा समेत तत्कालै ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको लम्सालले बताए ।
 

प्रतिकृया दिनुहोस