• बिहीबार २-३-२०८१/Thursday 05-16-2024
  • 02:46:08
  • ON AIR
  • UP NEXTBhakti Darshan

स्वच्छ हावामा श्वास फेर्न पाउनुपर्ने माग गर्दै शुनपा को गेटमा पम्पलेट

दुलेगौंडा, १७ बैशाख । स्वच्छ हावामा श्वास फेर्न पाउनुपर्ने माग गर्दै शुक्लागण्डकी नगरपालिकाको गेटमा पम्पलेट टासिएको छ ।

प्रदुषणमुक्त शुक्ला कति राम्रो होला, स्वच्छ हावामा शास फेर्न देऊ, यति प्रदुषण हुदा पनि के हेरेर बसेको मुख्य जिम्मेवार व्यक्ति, वायु प्रदुषण हो यो एक रोग, यसले ल्याउछ अनेकौं शोक, आखा खोल र प्रदुषणको मात्रा हेर लगायतका नारा लेखिएका पोष्टर टासिएको पाइएको हो । गएराती नगरका विभिन्न क्षेत्रमा यस्ता पोष्टर टाँसिएको पाइएको हो । ती पोष्टर टाँस्ने व्यक्ति वा संस्थाको नाम भने उल्लेख गरिएको छैन ।

सोमवार विहान देखिएका ती पोष्टर आइतवार राती टासिँको अनुमान गरिएको छ । पछिल्ला दिनहरुमा शुक्लागण्डकीका मुख्य बजार क्षेत्रमा अत्याधिक प्रदुषण बढेको छ । बजार क्षेत्रमा सडक निर्माण कार्य सम्पन्न नगर्दा,  मापदण्ड भित्र परेका घर भत्काउने क्रममा र लामो समयदेखि वर्षा नभएपछि वायु प्रदुषण बढेको छ ।

प्रतिकृया दिनुहोस