• शनिबार २-५-२०८१/Saturday 05-18-2024
  • 04:59:41
  • ON AIR Your Choice
  • UP NEXTShuklagandaki Samachar

खैरिकोटका बाख्रा पालक किसान जित बहादुरलाई पशु बिमाको रकम प्रदान

दुलेगौंडा, २२ बैशाख । स्याङजाको हरिनाशमा रहेको चिसापानी साना किसान कृषि सहकारी सस्था लिमिटेडले बाख्रा पालक किसानलाई पशुधन सुरक्षण (पशु बिमा) बापतको मृत्यु दाबी  रकम प्रदान गरेको छ ।

शनिवार वडा नं. १ खैरिकोटका बाख्रा पालक किसान जित बहादुर गुरुङलाई सहकारीका अध्यक्ष प्रकाश पौडेलले पशुधन सुरक्षण रकम प्रदान गरेका हुन् । कृषक गुरुङले बाख्राको पशु विमा गरेका थिए । सहकारीले आफ्ना सदस्यहरुले  पालेका पशुचौपाया हरुको पशुधन सुरक्षण ( पशु बिमा), साना किसान सदस्य हरुको तीन  लाख रुपैया सम्मको म्यादी जीवन बिमा  गर्दै आईरहेको छ ।

सहकारीले आफ्ना सदस्यबीच  बचत, ऋणको कारोबारका साथै किसानहरुलाई  मलखाद, बिउबिजन, फलफुल तरकारीका बेर्ना बितरण गर्दै आइरहेको छ । श्निवारै हरिनास गाउँपालिका वार्ड नंं. १  को खैरिकोट क्षेत्रमा सहकारी शिक्षा तथा साना किसान समुह, अन्तरसमूह  सुदृढीकरण एवम् पशुधन सुरक्षण ( पशु बिमा) कार्यक्रम , किसान बिमा कार्यक्रम , किसान नेट, बचत एवं ऋणको महत्वको बारेमा सस्थाका अध्यक्ष पौडेलले प्रशिक्षण गरेका थिए । 
 

प्रतिकृया दिनुहोस