• शनिबार २-५-२०८१/Saturday 05-18-2024
  • 11:13:02
  • ON AIR
  • UP NEXT

सामुदायिक वन उपभोक्ताको अन्तरक्रिया

दुलेगौंडा, २३ बैशाख । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल शुक्लागण्डकीको भेला, अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्लागण्डकी नगरपालिकामा आयोजित भेलाको उ शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर वि.क राजुले उद्घाटन गरेका थिए । 


सो अवसरमा उनले वन संरक्षणका अभियानमा सामुदायिक वन उपभोक्ता समितिसंगै स्थानीय सरकार पनि रहेकोे बताए । अहिले वन जंगलमा आगलागीका घट्नाहरु बढ्दो क्रममा रहेकाले डढेलो न्युनिकरणका लागि समुदायलाई सचेत गराउन आग्रह गरेका थिए । सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी केन्द्रीय सदस्य रत्ना घिमिरेले वन डढेलोको कारण आँखा हेर्नै नसक्ने अवस्था आएको र वातावरण प्रदुषित भएको भन्दै यसतर्फ सवैले ध्यान दिनुपर्ने बताइन् । उनले कानुनहरु उपभोक्तालाई दुःख दिने हिसाबले मात्र  आइरहेको भन्दै कानुन अनुसार वन पैदावर विक्री गर्दा राज्यले एकद्धवार प्रणालीबाट स्थानीय तहमा नै तिर्ने व्यवस्था मिलाउने पर्ने बताइन् ।

महासंघ शुक्लागण्डकीका अध्यक्ष केशवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका गण्डकी उपाध्यक्ष कालिदास सुवेदी, सव डिभिजन कार्यालय दमौलीका प्रमुख चुडामणि बराल, मुक्तिनाथ तिम्सिना, रुद्र पौडेल, विष्णुकुमार श्रेष्ठ, सरस्वती पोख्रेल, कोषाध्यक्ष रामचन्द्र भण्डारी लगायतले बोलेका थिए भने संचालन जीवन पोख्रेलले गरेका थिए । कार्यक्रममा वनको नीति, नियम, उपभोक्ता समितिको काम, कर्तव्य र अधिकारका विषय र वन संरक्षणका विषयमा छलफल एवं अभिमुखिकरण समेत गराइएको थियो ।
 

प्रतिकृया दिनुहोस