• आइतबार २-६-२०८१/Sunday 05-19-2024
  • 11:45:55
  • ON AIR
  • UP NEXT

शुनपा–६ मा मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम सम्पन्न

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नंं ६ मा कृषि प्रवद्र्धन तथा सिप विकास तालिम अन्तर्गत मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी एक हप्ते तालिम सम्पन्न भएको छ ।

शुक्लागण्डकी नगरपालिका वडा नं. ६ को कार्यालय र पर्यटन तथा उद्योग कार्यालय तनहुँको आयोजनामा भएको तालिममा वडाका ३० जना कृषकको सहभागिता रहेको थियो । मंगलवार तालिमको समापनका अवसरमा बोल्दै शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले कृषिप्रधान मुलुकमा हरेक कृषिजन्य वस्तु आयात बढ्दै गएको अवस्थामा यस्ता तालिमले व्यवसायिक रुपमा तरकारी उत्पादन गरि आयातलाई प्रतिस्थानमा सहयोगी हुनुपर्ने बताए । केहि वर्ष पहिले  किनेर चामल खानुपर्छ भन्दा त्यस परिवारलाई आफ्नो उत्पादनले पुग्दैन रहेछ भन्ने गरिन्थ्यो तर अहिले किनेर खानुपर्छ भन्दा गौरव हुन  थालेको समाजले महसुस गर्ने तितो यथार्थ रहेको उनले सुनाए ।

वडा नं. ६ का अध्यक्ष बुद्धि बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख दुर्गाराज सुवेदी, वडा सदस्य विमला पौडेल, वडा सचिव शिव अधिकारी लगायतले बोलेका थिए । तालिममा कृषि विकास शाखाका प्राविधिक भरत जैशीले सहजिकरण गरेका थिए । सोहि अवसरमा ७५ प्रतिशत अनुदानमा किसानलाई प्लाष्टिकको टनेल प्रदान गरिएको थियो । 
 

प्रतिकृया दिनुहोस