• सोमबार २-७-२०८१/Monday 05-20-2024
  • 02:01:56
  • ON AIR
  • UP NEXTBhakti Darshan

आमाको मुख हेर्ने दिन बालविद्याका विद्यार्थीद्धारा जेष्ठ नागरिकलाई सहयोग 

दुलेगौंडा, २६ बैशाख । मातातिर्थको अवसरमा शुक्लागण्डकी–४, दुलेगौंडामा रहेको बालविद्या मन्दिर मावि विद्यार्थीले बुधवार जेष्ठ नागरिकलाई सहयोग गरेका छन् । 


विद्यालयको कक्षा १०र ११ मा अध्ययनरत विद्यार्थीले वडा नं. २ गाछेपानीस्थित श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्नका, लत्ताकपडा र फलफूल प्रदान गरेका हुन् । सो अवसरमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लम्सालले आमाको मुख हेर्ने दिनमा विद्यार्थीबाट भएको सहयोगप्रति धन्यवाद दिदै सहयोगी दाताबाटै वृद्धाश्रम सञ्चालन भइरहेको जानकारी दिए । छात्रा मानवी भट्टराई र समिक्षा श्रेष्ठले खाजा खर्च कटाएर जेष्ठ नागरिकलाई सहयोग गरिएको बताए ।  कार्यक्रममा विद्यालयका दश जोड दुई संयोजक सन्तोष पौडेल, भाइस प्रिन्सीपल श्री प्रसाद गौतम, स्कुल अफ नन भायोलेन्सका संस्थापक श्रीराम तिमील्सीना लगायतले बोलेका थिए । 

प्रतिकृया दिनुहोस