शुनपा–१० साँखेमा प्रहरी चौकी स्थापनाको लागि ध्यानाकर्षण
दुलेगौंडा, २७ साउन । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० साँखेमा प्रहरी चौकी स्थापनाको लागि शुक्लागण्डकी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय तनहुँको ध्यानाकर्षण गराएको छ ।
कार्यवाहक प्रमुख खुमबहादुर विक राजु, वडा नं. ९ का अध्यक्ष धनबहादुर पुलामी (बाबुराम), वडा नं. १० का अध्यक्ष राजेन्द्र भट्टराई, वडा नं. ११ का अध्यक्ष शालिकराम भट्टराईसहित पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी
शिवलाल तिवारी र प्रहरी उपरिक्षक टेकबहादुर कार्कीलाई ध्यानाकर्षण गराएका हुन् । साँखेदेखि स्याङजाको किचनासकोटतर्फ जाने निकास रहनुकासाथै इलाका प्रहरी कार्यालय बेलचौतारबाट १५ किलोमिटर पर रहेको र स्थानीयको चाहाना भएकाले प्रहरी चौकी स्थापनाकालागि अनुरोध गरिएको छ । साउन २१ गतेको कार्यपालिका बैठकबाट प्रहरी चौकी स्थापनाकालागि जिल्ला सुरक्षा समितिमा सिफारिस गर्ने निर्णय बमोजिम स्थापनकोलागि अनुरोध गरिएको नगर कार्यबाहक प्रमुख विकले बताए । प्रमुख जिल्ला अधिकारी तिवारीले स्थलगत अवलोकन गरेर आवश्यक निर्णय गर्नेे प्रतिबद्धता जनाएका छन् ।









प्रतिकृया दिनुहोस