• शनिबार २-५-२०८१/Saturday 05-18-2024
  • 06:54:42
  • ON AIR Tol Tolma Shuklagandaki (Repeat)
  • UP NEXTShuklagandaki Samachar

परदेशीको पिडामा ‘हातैको टिका’

बिनोद ढुंगाना
दुलेगौँडा (तनहुँ) असोज १७

‘देखे सपना आमास भाको
दुई बर्ष भो भेट हुनै नपाकोे
भेटुलाई खै कैले
आमा तिम्रो हातैको टिका यो दशैँमा पनि लाउन पाइन मैले’

बर्ष दिनमा आउने नेपालीहरुको महान् चाड दशैँ । परदेशिएकाहरु दशैँमा घर फिर्ने र जमरा टिका लगाउने रहर साँचेका हुन्छन् । बिरानो मुलुकमा आफुले चाहेको बेलमा बिदा पाइदैन् । बर्षौपछि दशैँमा घर फिर्ने र परिवारसँग खुशीसाथ मनाउने इच्छा अधुरै हुन्छ । विदेशमा रहेका नेपालीहरुको काहानीलाई चित्रण गरिएको दशैँ लक्षित गीत ‘हातैको टिका’ सार्वजनिक भएको छ । तनहुँमा रहेर लोकदोहोरी क्षेत्रमा क्रियाशिल गायक शंकर पन्त र गायिका अनिता पन्तको स्वरमा रहेकोे गीतलाइ शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।


‘बाबु तिमी नहुदाँ दशैँमा
खुशी हुन सक्दिन कसै म
भेट होला खै कैले.... ’ 

दिपक अधिकारीले लेखेको गीतको शब्दमा छोरा आउने बाटो हेरेर बसेकी आमा छोरा घर नफिर्ने भएपछि आमाको विलौनालाइ प्रस्तुत गरिएको छ । गीतको लय पोखरेली सर्जक राम्जी पौडेलले तयार पारेका छन् ।


गायक पन्तले विदेशमा रहेका नेपालीको पिडालाइ गीतमा उतारिएको बताए । ‘चाडबाडमा परिवारसँगै रमाउने नेपाली दाजुभाइले सपना हुन्छ’,उनले भने, ‘विरानो मुलकमा उनिहरुको सपना यसै तुहिन्छ ।’ ‘मुलुकमा प्रशस्त रोजगारीका अवसर नभएपछि अधिकांश नेपाली विदेशिन बाध्य भएको उनले बताए ।
एकता फिल्मस्ले दृश्य निर्माण गरेको भिडियोको निर्देशन÷छायंकन दुर्गा पौडेलले र सम्पादन नविन घर्ती मगरले गरेका हुन् । भिडियोमा शंकर पन्त र अनिता पन्तले नै अभिनय गरेका छन् । गीतको भिडियो पोखरामा छायांकन गरिएको हो । 

 

प्रतिकृया दिनुहोस