• सोमबार १-१७-२०८१/Monday 04-29-2024
  • 01:57:25
  • ON AIR Sangit Darpan
  • UP NEXTDifferent songs

शुक्लागण्डकी महोत्सवमा दिउँसो पुरुषोत्तम, रामजी, चोलेन्द्र र ज्योती, साँझमा कन्सर्ट

दुलेगौंडा, २९ माघ ।  तेस्रो शुक्लागण्डकी महोत्सव बेलचौतारामा जारी छ । चौथो दिन आज विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । । कलाकार व्यवस्थापन उपसमिति संयोजक सुजित हिराचनका अनुसार पुरुषोत्तम न्यौपाने, रामजी खाँड, चोलेन्द्र पौडेल, ज्योती लोहनीको  प्रस्तुती रहने छ ।  यस्तै साँझमा वेयरवोल्फ ब्याण्ड पोखराको लाइभ कन्सर्ट हुने छ । 


शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सव शुनपा–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खेलमैदानमा चलिरहेको छ । महोत्सव फागुन ८ गतेसम्म चल्ने छ । सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ  गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव भएको हो । महोत्सवमा १ सय ७८ रहेका छन् । 
 

प्रतिकृया दिनुहोस