• सोमबार १-१७-२०८१/Monday 04-29-2024
  • 04:35:58
  • ON AIR
  • UP NEXTBhakti Darshan

रहिनन् विश्वप्रसिद्ध भारतीय गायिका लता मंगेशकर

काठमाण्डौ – भारतकी वरिष्ठ गायिका लता मंगेसकरको ९२ वर्षको उमेरमा निधन भएको छ । आज आइतबार सरस्वती पूजाकै दिन ुमल्टी अर्गान फेलरुका कारण मंगेसकरको निधन भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।

 

स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई हिजो अस्पताल भर्ना गरिएको थियो । यस अघि उहाँलाई कोरोना भाइरसको संक्रमणसँगै निमोनिया समेत भएको थियो । तर, उपचारपछि स्वास्थ्यमा क्रमिक सुधार आएपछि उहाँलाई गएको १४ गते भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर फेरि स्वास्थ्यमा समस्या आएपछि हिजो भेन्टिलेरमा राखेर उहाँको  उपचार थालिएको थियो ।

 

लता मंगेसकरले १३ वर्षको उमेरदेखि गीत गाउन थाल्नु भएको थियो । उहाँले ३० हजार भन्दा धेरै गीत गाइसक्नु भएको छ भने भारतीय मात्र नभएर नेपालीलगायत अन्य धेरै भाषामा समेत उहाँले स्वर दिनु भएको छ । उहाँले बाचुन्जेलीलाई, आकाशमा तिरमिर तारा, जुन बाटोमा लगायत धेरै नेपाली गीतमा स्वर दिनु भएको छ ।

 

उहाँ फिल्म फेयर पुरस्कारदेखि पद्म भुषण, पद्म विभुषण, राजीव गान्धी पुरस्कार, भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न लगायत पुरस्कारबाट सम्मानित हुनु भएको छ । उहाँको जन्म सन् १९२९ मा भारतको  इन्दौरमा भएको थियो ।

भारतमा दुईदिन शोक मनाईने 

ष्ठ गायिका लता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा गरिएको छ ।  समाचार एजेन्सी एएनआईका अनुसार सरकारले मंगेशकरको निधनमा आइतवार र सोमवार दुई दिन राष्ट्रिय शोक घोषणा गरेको हो । दुई दिन राष्ट्रिय झन्डा आधा झुकाइने बताइएको छ । 

 

यसका साथै महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले लता मंगेशकरको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने घोषणा गर्नुभएको छ । 


हाँको निधनप्रति भारतसहित विश्वका विभिन्न देशबाट श्रद्धाञ्जली दिने क्रम बढेको छ ।  लता मंगेशकरको अन्तिम संस्कार आज बेलुकी साढे ६ बजे मुम्बईको छत्रपति शिवाजी पार्कमा गरिनेछ । 

 

समाचार एजेन्सी एएनआईका अनुसार उहाँको पार्थिव शरीरलाई दिउँसो साढे १२ बजे उहाँको घर प्रभु कुञ्ज लगिएको र त्यहाँ उहाँका परिवार, नातेदारसमेत अन्य व्यक्तिले उहाँको अन्तिम दर्शन गरेका थिए । 
 

प्रतिकृया दिनुहोस