• आइतबार ४-१०-२०८३/Sunday 07-26-2026
  • 02:15:36
  • ON AIR
  • UP NEXTBhakti Darshan

दुलेगौंडामा भोली खुल्ला रक्तदान कार्यक्रम हुदै


दुलेगौंडा, ६ साउन । लायन्स क्लब अफ शुक्लागण्डकीले विहिवार दुलेगौंडामा खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । “रक्तदान, जीवनदान“ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा सहभागी हुन क्लबले आग्रह गरेको छ । गण्डकी प्रदेश रक्तसञ्चार सेवाकेन्द्र पोखराको प्राविधिक सहयोगमा वनकेवाचोकमा रक्तदान हुन लागेको क्ल्वका अध्यक्ष देवेन्द्र ढुङ्गानाले बताए  । कार्यक्रम संयोजक शंकर पन्तले रक्तदान कार्यक्रममा सहभागिताकोलागि सबैलाई आग्रह गरे । लायन्स क्लब अफ शुक्लागण्डकीले सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा मानवीय सहयोगका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । 
लायन्स बर्ष २०२२÷२३ मा सुमन सापकोटा नेतृत्वको क्लबले २ सय ११ युनिट रगत सङ्कलन गरी लायन्स क्लब मध्यमा नेपालमा नै सबैभन्दा धेरै रगत सङ्कलन गर्ने क्लब बनेको थियो ।  बर्ष २०२३÷२४ मा २ सय २२ युनिट रगत, बर्ष २०२४÷२५ मा ३ सय १३ युनिट रगत र बर्ष २०२५÷०२६ मा ३ सय ७३ युनिट रगत सङ्कल भएको थियो ।  हाल ४०० पिन्ट रगत संकलन गर्ने लक्ष्य लिएको छ ।
 

प्रतिकृया दिनुहोस