• आइतबार ४-१०-२०८३/Sunday 07-26-2026
  • 02:16:04
  • ON AIR
  • UP NEXTBhakti Darshan

शुभकामना बहुउदेश्यीय सहकारीको १८ औं वार्षिक साधारणसभा

दुलेगौंडा, ३ कार्तिक । शुभकामना बहुउदेश्यीय सहकारी संस्था लिमिटेड शुक्लागण्डकी–४ दुलेगौंडाको विहिवार बेलचौतारामा १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिका आर्थिक विकास शाखा प्रमुख नवराज पण्डितले सहकारीका निति, नियमलाई ध्यान दिदै सदस्यहरुको हितमा सबै सहकारीले लगानी गर्नुपर्नेमा जोड दिए । उनले नगरले सिद्धान्त भन्दा बाहिर गएका सहकारीलाई नियमन गर्ने बताए । सहकारीका अध्यक्ष गायत्री पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष खेमराज खनाल, वर्तमान उपाध्यक्ष हरि बहादुर खड्का, संस्थापक प्रबन्धक एवम् ग्रिन डेभलपमेन्ट बैंकका सिइओ हरि बुढाथोकी, शेयर सदस्य विजयराज पौडेल, तारा अधिकारी, केशव पौडेल लगायतले बोलेका थिए ।

सहकारीका सदस्य शिरुमाया गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विष्णु बहादुर महतले गरेका थिए । सो अवसरमा जेष्ठ शेयर सदस्य नारायणसिं गुरुङ, मुक्तिनाथ बुद्धाचार्य र गोपाल प्रसाद तिवारीलाई सम्मान गरिएको थियो । साथै शेयर सदस्यका छोराछोरीमध्य दशजोड दुईमा उत्कृष्ट अंक ल्याउने सोनुप शर्मालाई सम्मान गरियो । साधारणसभामा अध्यक्ष गायत्री पौडेल, कोषाध्यक्ष गजेन्द्र प्रसाद पौडेल र सचिव विष्णु बहादुर महतले प्रस्तुत गरेका प्रतिवेदन छलफलपछि पारित भएको थियो । कुल ६ करोड ७४ लाख ४० हजार शेयर पुँजी रहेको सहकारीको निक्षेप १९ करोड ४९ लाख र लगानी ४४ करोड ३८ लाख रुपैया छ ।  
 

प्रतिकृया दिनुहोस