• आइतबार ४-१०-२०८३/Sunday 07-26-2026
  • 02:16:51
  • ON AIR
  • UP NEXTBhakti Darshan

साविक माओवादीका युवा नेता मनराज उज्यालो नेपाल पार्टीमा

दुलेगौंडा, २३ मंसिर । 
तत्कालिन नेकपा माओवादी केन्द्रबाट राजिनामा दिएका मनराज गुरूङ कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग जोडिएका छन् । गुरूङले मंगलबार सामाजिक सञ्जालमा “अबको यात्रा....राजनितीको लोडसेडीङ हटाउन सम्बृद्वीको बत्ती बालौं । भन्दै कुलमान घिसिङसँग्को तस्विर साझा गर्दै उज्यालो नेपाल पार्टीमा जोडिएका हुन् । तत्कालिन माओबादी केन्द्रले नेकपा समाजवादी पार्टी लगायतसँग एकता गर्दै नेपाली कम्युनिष्ट पार्टी बनाएपछि निरन्तर असन्तुष्टी ब्यक्त गर्दै आएका गुरुङले मंसिर १६ गते पार्टीको जिम्मेवारीबाट अलग हुने भन्दै राजिनामा दिएका थिए ।  उनी २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट शुक्लागण्डकी–१२ को वडाध्यक्ष भएका थिए । उनी माओवादी केन्द्र शुक्लागण्डकीका निवर्तमान नगर अध्यक्ष समेत रहेका थिए ।
 

प्रतिकृया दिनुहोस