• आइतबार ४-१०-२०८३/Sunday 07-26-2026
  • 02:16:11
  • ON AIR
  • UP NEXTBhakti Darshan

बेलचौतारामा प्रथम राजन स्मृति भलिबल कप-२०८२ तथा शुद्ध साबिक वडास्तरीय  पुरुष  भलिबल प्रतियोगिता हुने

दुलेगौंडा, २६ चैत ।स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद, नेपालको राष्ट्रिय खेल भलिबल  भन्ने मुल नारा सहित बेलचौतारा युवा क्लब र ए एम टु पी एम रेस्टुरेन्टको  आयोजनामा शुक्लागण्डकी-५ बेलचौतारामा प्रथम राजन स्मृति भलिबल कप-२०८२ तथा शुद्ध साबिक वडास्तरीय  पुरुष  भलिबल प्रतियोगिता हुने भएको छ ।

स्थानीय स्तरमा रेहका खेलाडीको उत्पादन तथा खेलाडीबिच बन्धुत्वको सम्बन्ध स्थापित गर्नु मुख्य उद्देश्य रहेको क्लबका अध्यक्ष शंकर थापाले बताउनुभयो।थापाका अनुसार चैत २७ गतेदेखि संचालन हुने प्रतियोगिता बैशाख १ गतेसम्म चल्नेछ ।उक्त प्रतियोगिताको विजेताले नगद रु.४५ हजारको साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । दोस्रोले रु.२५ हजार र तेस्रो हुनेले रु.१० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र हात पार्नेछ । प्रतियोगितामा सहभागीताका लागि रु. ३५००l- दर्ता शुल्क तोकिएको छ । यहि चैत २५,२६ गतेसम्म टिम दर्ता गर्नुपर्ने थापाले बताउनुभयो । विद्यागततर्फ पनि उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । साथै सांस्कृतिक नृत्य रहने समेत थापाले बताउनुभयो।

प्रतियोगितामा तनहुँ, स्याङ्जा, कास्की लगायत जिल्लाबाट गरी करिब २० टिमको सहभागीता रहने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस