दुलेगौंडामा लायन्सको रक्तदानमा ३ सय ८८ युनिट रगत संकलन
दुलेगौंडा, ७ साउन । लायन्स क्लब अफ शुक्लागण्डकीले विहिवार दुलेगौंडामा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३८८ युनिट रगत संकलन भएको छ । लायन्सले गएको वर्ष दुलेगौंडामा आयोजनाल गरेको ३ सय ७३ युनिटको रेकर्डलाई तोड्दै यसपटक नयाँ रेकर्ड राख्न सफल भएको हो । “रक्तदान, जीवनदान“ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा पहिलो रक्तदाता शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम बहादुर विक राजुलाई रक्तपोका हस्तान्तरण गरि शुभारम्भ गरिएको थियो । प्रमुख अतिथी डिष्ट्रिक गभर्नर रत्न प्रसाद पराजुलीले रक्तपोका हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा डिष्ट्रिक गभर्नर रत्न प्रसाद पराजुलीले प्रत्येक ३÷३ महिनामा नयाँ रक्तकोषिका निर्माण हुने भएकाले रगत दान गर्नाले शरिरमा उर्जा प्राप्त हुने बताए । शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले लायन्सले दिनदुखी र समस्यमाा परेका समुदायकाबीचमा पुगेर मानवीय कार्य गर्दै आएको बताए । क्ल्व अध्यक्ष देवेन्द्र ढुङ्गानाले रक्तदाता र सहयोगी सबैलाई धन्यवाद दिए । कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष रमेश विक र सञ्चालन सचिव सुरेश पौडेलले गरेका थिए । गण्डकी प्रदेश रक्तसञ्चार सेवाकपोखराको प्राविधिक सहयोगमा सो कार्यक्रम भएको हो । लायन्स क्लब अफ शुक्लागण्डकीले सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा मानवीय सहयोगका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
लायन्स बर्ष २०२२÷२३ मा सुमन सापकोटा नेतृत्वको क्लबले २ सय ११ युनिट रगत सङ्कलन गरी लायन्स क्लब मध्यमा नेपालमा नै सबैभन्दा धेरै रगत सङ्कलन गर्ने क्लब बनेको थियो । बर्ष २०२३÷२४ मा २ सय २२ युनिट रगत, बर्ष २०२४÷२५ मा ३ सय १३ युनिट रगत र बर्ष २०२५÷०२६ मा ३ सय ७३ युनिट रगत सङ्कल भएको थियो ।









प्रतिकृया दिनुहोस